Successfully Copied

खराब बानीले पेट बढ्छ

यदि यसो गर्नुहुन्छ भने तपाईले कति र के खाइरहनुभएको छ भन्ने बारे ज्ञान रहन्न ।

टेलिभिजन हेर्दै भोजन गर्नु 

यदि यसो गर्नुहुन्छ भने तपाईले कति र के खाइरहनुभएको छ भन्ने बारे ज्ञान रहन्न। जसकारण तपाईले आवश्यकता भन्दा बढी मात्रामा खाना खानुहुन्छ र तौल बढ्छ। 

नोक्सान : एक दिनमा दुई घन्टाभन्दा बढी समय टेलिभिजन हेर्दा मोटोपन बढ्ने सम्भावना २० प्रतिशतले बढ्छ। 

–टेलिभिजनमा लगातार आशु बग्ने, दुखका सिरियल्स देखनाले, हेर्नाले हदयरोग र ब्लड प्रेसर सम्बन्धित समस्या पनि बढ्न जान्छ । 

के गर्ने : टेलिभिजन हेर्दा बीचबीचमा जगिङ, स्ट्रेचिङ, बिबिङ एक्सरसाइज आदि गर्नाले मोटोपन घटाउन सकिन्छ । 

लामो समयसम्म भोको रहनु 

चाँडो–चाँडो घरबाहिर निस्कदा कयन पटक हामी भोके पेट निस्कनुहुन्छ । घरमा रहदा पनि कयन, पटक हामी लामो समयसम्म भोकै रहने गर्छौ । यस्तोमा लामो अन्तरालका कारण शरीरमा पोषक तत्वको कमी हुन जान्छ । 

नोक्सान : शरीरमा ब्लड सुगरको मात्रा कम हुने सम्भावना बढ्न जान्छ । 

–ब्रेनलाई सही समयमा ग्लुकोज नमिल्नाले स्वभाव चिडचिडा हुन्छ । 

–लामो समयसम्म खाली पेट रहनाले पछि गएर धेरै मात्रामा खाना खानाले एसिडिटी, आलस्य आदिको समस्या रहन्छ । 

के गर्ने ?

समयमा भोजन गर्नुपर्छ र एउटा निश्चित डाइट लिनुपर्छ । 

चाडो–चाँडो खाना खानु 

खाना नचबाइकन वा चाँडो चाँडो खानाले पनि मोटोपन बढ्ने संभावना रहन्छ, यसो गर्नाले पेट सम्म यो मेसेज पुग्ने गर्दैन कि तपाई के खाँदै हुनुहुन्छ ? यसबाट पाचन क्रिाया प्रभावित हुन्छ । यसबाहेक पेट भरिएको छ वा छैन ? यसको सूचना पनि दिमागसम्म ढिलो गरी पुग्छ र तपाईं आवश्यकता भन्दा बढी खानुहुन्छ । 

नोक्सान : पाचन शक्ति कम हुन्छ । 

–पेट दुखाइको समस्या पनि हुन्छ । 

के गर्ने ? 

भोकअनुसार सीमित मात्रामा खानुपर्छ । खाना खाँदा कुनै अर्को काम गर्नु हुँदैन । यदि थोरै समयपछि भोक लागेमा फल वा स्वस्थ स्नेक्स खान सकिन्छ । 

ब्रेकफास्ट नगर्नु 

रातको भोजन र ब्रेकफास्टका बीच ८ देखि १२ घन्टाको अन्तराल दिमाग र मांसपेशीलाई कमजोर गर्दछ । यस्तोमा बिहानको नास्ता नगर्नु वा मात्र एक कप चिया वा कफी पिउनु मोटोपन बढ्छ । 

नोक्सान : पाचन शक्ति कमजोर हुने गर्दछ । 

–क्यालोरिज घट्ने साटो बढन जान्छ । 

–यसो गर्नाले तपाई एनेमिक पनि हुन जान्छ । 

–शरीरमा एनर्जी कम हुन जान्छ ।

 Image