स्वस्थकर योमरी
चिसो मौसममा चाकुले शरीरलाई न्यानो बनाउनुका साथै तागत पनि दिने भएकाले योमरीमा चाकुको प्रयोग गरिएको बूढापाकाहरू बताउँछन् । योमरी पूर्णिमा विशेष गरी मंसिरमा पर्ने हुनाले चिसो बढ्दै गएको हुन्छ र यस्ता खानाले हाम्रो शरीरमा तापक्रम बढाउँछ ।
अमेरिकामा गरिएको एक शोधअनुसार धेरै समय बसेर काम गर्ने महिलामा क्यान्सरको खतरा बढी हुन्छ। अध्ययनअनुसार ६ घन्टाभन्दा बढी बसेर काम गर्ने महिलामा मल्टिपल माइलोमा, ओबेरियन क्यान्सर, इनवेसिव ब्रेस्ट क्यान्सर हुने खतरा बढिरहेको छ । कतिपय महिला अफिसमा काम गर्छन् जहाँ लामो समय बसेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो किसिमको गम्भीर रोग लाग्नु महिलाका लागि राम्रो होइन।