जन्मान्तर कति ?
महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलता थपिन सक्ने हुनसक्छ ।
अमेरिकामा गरिएको एक शोधअनुसार धेरै समय बसेर काम गर्ने महिलामा क्यान्सरको खतरा बढी हुन्छ। अध्ययनअनुसार ६ घन्टाभन्दा बढी बसेर काम गर्ने महिलामा मल्टिपल माइलोमा, ओबेरियन क्यान्सर, इनवेसिव ब्रेस्ट क्यान्सर हुने खतरा बढिरहेको छ । कतिपय महिला अफिसमा काम गर्छन् जहाँ लामो समय बसेर काम गर्नु अनिवार्य हुन्छ । यस्तो किसिमको गम्भीर रोग लाग्नु महिलाका लागि राम्रो होइन।