महिनावारी र औषधि
दसैं भन्नेबित्तिकै हामी रमाउँछौं । यसका दुई महत्वपूर्ण पक्षलाई सम्झन्छौं । एकातिर खाएर रमाइलो गर्ने र अर्कोतिर भगवतीको पूजा गर्ने तथा प्रसाद र टीका लगाउने चाडका रूपमा लिन्छौं ।
बिहानै घरबाट निस्कने, अफिसका लागि बस समात्ने, बालबालिकालाई स्कूल पठाउने, अफिस तथा घरको काम आदिले कामकाजी गृहिणीहरूलाई भ्याइनभ्याइ हुन्छ । जे काम पनि हतारमा गर्दा काममा त्यति मन जाँदैन । यस्तो भए सम्हालिनुपर्छ अन्यथा छिट्टै बूढो भइन्छ किनभने धेरै थकाइ लागे त्यसको असर कोशिकामा पर्छ । पछि त्यसको असर सम्पूर्ण शरीरमा फैलन्छ । त्यसैले जुनसुकै काम धैर्यपूर्वक गर्नुपर्छ अनि स्वस्थ खाना खाने तथा व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।