गर्भवती तथा सुत्केरीको हेरचाह
कोरोना संक्रमणका कारण गर्भवती तथा उनको गर्भे शिशुमा पर्नसक्ने असरबारै यथेष्ट मात्रामा अध्ययन–अनुसन्धान भइसकेको छैन । तर पनि विश्व परिवेशका पछिल्ला अनुसन्धानका नतिजाअनुसार यो संक्रमण गर्भवतीबाट गर्भे शिशुमा खासै सरेको देखिँदैन ।