Successfully Copied

अलटाइम फेभरेट फेसन

ब्राइट एसेसरिज : आउटफिट न्युट्रल सेड्सको छ भने ह्यान्डब्याग र जुत्ता ब्राइट हुनुपर्छ । सही स्ट्रेच पहिचान गर्नुपर्छ : बडी सेपलाई पर्फेक्ट देखाउन आफ्नो टिसर्ट र जिन्सको स्ट्रेचको पनि ख्याल गर्नुपर्ने हुन्छ । टिसर्टमा ९५ प्रतिशत कटन र ५ प्रतिशत लाइक्रा हुनुपर्छ भने

ब्राइट एसेसरिज : आउटफिट न्युट्रल सेड्सको छ भने ह्यान्डब्याग र जुत्ता ब्राइट हुनुपर्छ । 

सही स्ट्रेच पहिचान गर्नुपर्छ : बडी सेपलाई पर्फेक्ट देखाउन आफ्नो टिसर्ट र जिन्सको स्ट्रेचको पनि ख्याल गर्नुपर्ने हुन्छ । टिसर्टमा ९५ प्रतिशत कटन र ५ प्रतिशत लाइक्रा हुनुपर्छ भने जिन्समा कमसेकम दुई प्रतिशत लाइक्रा हुनु जरुरी छ ।

पाइन्ट छनोट गर्दा जुत्ताको हाइटलाई बेवास्ता गर्नुहुँदैन : सबैभन्दा ठूलो गल्ती जुन अधिकांश महिलाहरू गर्छन्, त्यो हो आफ्नो सुजको हिल्सका सम्बन्धमा ध्यान नदिनु । पाइन्ट वा जिन्सको लेन्थ डिसाइड गर्दा आफ्नो सुज र फ्लेट्स लगाएर हेर्नु आवश्यक छ ।

स्कार्फ साथमा राख्नुपर्छ : यो अल्टिमेट एसेसरिज हो । बाहिर जाँदा स्कार्फ साथमा राख्नुपर्छ वा ब्यागमा हुनुपर्छ । यसले सिम्पल खालको टिसर्टलाई पनि आकर्षक बनाउँछ र आवश्यक परेका बेला फर्मल लुक पनि प्रदान गर्छ ।

त्यही नै खरिद गर्नुपर्छ, जसलाई मेन्टेन गर्न सकिन्छ : कुनै पनि कपडा खरिद गर्नुपूर्व त्यसलाई मेन्टेन गर्न सकिन्छ कि सकिँदैन ध्यान पुर्‍याउनुपर्छ । त्यसलाई धुने तरिका पनि बुझ्नुपर्छ । मेसिन वास, ह्यान्ड वास वा ड्राइक्लिन के हो भन्ने जानकारी लिनुपर्छ ।

आफ्नो सेपलाई ध्यानमा राखेर पहिरन खरिद गर्नुपर्छ : स्वयंलाई थाहा हुनुपर्छ, आफूलाई के सुहाउँछ, के सुहाउँदैन ? फेसन वल्र्डको पहिलो नियम हो, त्यही लगाउनुपर्छ जसमा आफू सुन्दर तथा आकर्षक देखिन सकिन्छ । यस्तो अवस्थामा आफ्नो बडी सेपका बारेमा राम्रो ज्ञान आवश्यक हुन्छ ।

इनरवेयर पनि डिसाइड गर्नुपर्छ : त्यही इनरवेयर छनोट गर्नुपर्छ जसमा आफ्नो हिप्स र फेटी पार्टस स्लिम देखिन्छ ।बाहिर निस्कनुपूर्व हरेक एंगलबाट स्वयंलाई हेर्नुपर्छ : जब आफू पूर्णरूपले तयार भइन्छ, एकपटक हरेक एंगलबाट स्वयंलाई राम्रोसँग नियालेर आफू कस्ती देखिएकी छु भन्ने निश्चित गर्नुपर्छ ।डेनिम जहिल्यै फेसनेबल छ : यदि सुविधा छ भने डेनिम स्कर्ट वा जिन्स लगाउने । यो सधैं स्टाइलिस छ ।आफ्नो वार्डरोबलाई अपडेट गर्नुपर्छ : जुन कपडा र एसेसरिज एक वर्षयता प्रयोग गरिएको छैन, त्यसलाई दराजबाट हटाउनु नै उपयुक्त हुन्छ ।

नेकलेसलाई लेयर गर्नुपर्छ : बिडेड नेकपिसलाई मल्टिपल लेयर गरी लगाउनुपर्छ वा मिक्स–म्याच वा कन्ट्रास्ट प्रयोग गर्नुपर्छ ।लाइनिङको क्वालिटी पनि हेर्नुपर्छ : कुनै पनि कपडा खरिद गर्दा त्यसको लाइनिङको गुणस्तरमा पनि ध्यान पुर्‍याउनुपर्छ । यसबाट कपडाको फल कस्तो हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

माइन्ड ओपन राख्नुपर्छ : कुनै फेसनेबल र नयाँ कुरा देख्दा राम्रो छ तर मलाई सुहाउँदैन कि भनेर सोच्नुभन्दा प्रयोग गरेर हेरेपछि निर्णयमा पुग्नु उचित हुन्छ ।न्युड पंप्स : हाई हिल्स न्युड कलर फुटवेयरमा खुट्टा पातलो र लामो देखिन्छ । इन्स्टेन्ट स्टाइलिस लुकका लागि मात्र यसको प्रयोग गर्नुपर्छ ।

व्हाइट लगाउनु छ भने ध्यान दिनुपर्छ : व्हाइटले सधैं सबलाइटमा सी थ्रु लुक प्रदान गर्छ, त्यसैले व्हाइट पहिरन लगाउँदा इनरवेयरको राख्नुपर्छ जसले आफूलाई सेफ राख्छ ।स्ट्राइप इट अप : स्ट्राइप्स विकेन्डमा बेस्ट हुन्छ र यो स्टाइलिस पनि देखिन्छ ।बटन्सलाई अपग्रेड गर्नुपर्छ : ज्याकेट वा टपमा पुरानो बटम लगाइएको छ भने तिनको लुक नराम्रो देखिन्छ । उक्त बटम चेन्ज गरी आफ्नो पहिरनलाई फेसनेबल र स्टाइलिस बनाउन सकिन्छ ।आउटरवेयरलाई बेवास्ता गर्नुहुँदैन : भित्रको टिसर्टको भन्दा बढी महत्त्व ओभरकोट वा आउटरवेयरको हुन्छ । आउटरवेयर बोरिङ देखिने नहोस् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ ।एनिमल प्रिन्ट : आफ्नो वार्डरोबमा लियोपार्ड प्रिन्ट वा एसेसरिजमा पनि केही यस्तै सामग्री राख्नुपर्छ जसले ग्ल्यामरस लुक प्रदान गर्छन् ।

प्रिन्ट्सलाई मिक्स गर्नुपर्छ : सधैं एउटै स्टाइलमा कायम रहनुहुँदैन । प्रिन्ट्सलाई मिक्स गरी नयाँ लुक सिर्जना गर्न सकिन्छ तर यदि दुई अलग प्रिन्ट्सलाई मिक्स गर्नु छ भने तिनमा कलर स्किम मिल्दोजुल्दो होस् वा ठूला प्रिन्ट्सलाई साना प्रिन्टसका साथमा मिक्स गर्न सकिन्छ ।

रंगसित जोडिएको आफ्नो डर: कतिपय व्यक्ति केही कलरसँग डराउँछन् वा संकोच गर्छन्, उनीहरू तिनको प्रयोग नै गर्दैनन् वा कतिपय मानिस टिपिकल कलर र कन्ट्रास्ट नै प्रयोग गर्छन् जुन आउट डेटेड हुन्छ । यसो गर्नु ठीक होइन । फरक र अलग कलर पनि प्रयोग गर्नुपर्छ, यसबाट बढी फेसनेबल देखिन सकिन्छ ।

आउटफिट धेरै राम्रो भए एसेसरिज मिनीमम : चाहे पार्टी होस् वा ठूलो फङसन । यदि पहिरन आकर्षक र अलग छ भने कुनै पनि सिंगल एसेसरिजले काम चलाउन सकिन्छ, जसमा इयररिङ्स बेस्ट अप्सन हो ।

वेस्डबेन्ड थोरै राख्नुपर्छ : यसबाट स्लिमर लुक प्राप्त हुन्छ, बडी धेरै हदसम्म सन्तुलित रहन्छ ।

ब्लेजर्स र टप्समा केही अलग प्रयोग : एउटै स्टाइलमा स्टिक रहनुहुँदैन । कहिले लेदर ज्याकेटका साथमा ऊलन ट्राउजर्स प्रयोग गर्नुपर्छ त कहिले सिल्क टपका साथमा जिन्स लगाउनुपर्छ ।

स्टाइल स्टेटमेन्ट : वेस्ट कोट, क्रिस्प पिन स्ट्रिप्ड सर्ट वा ठूलो साइजको घडी । यिनलाई लिपिस्टिक र टल सुजसित सन्तुलित गर्नुपर्छ ।

राम्रो खालको टिसर्ट ब्रा : राम्रो खालको टिसर्ट ब्राले आउटफिटको सेपलाई पर्फेक्ट लुक प्रदान गर्छ । यसबाट कन्फिडेन्ट र गुड फिल गर्न सकिन्छ ।सरप्राइज : फर्मल गाउनका साथमा मोटरसाइकल ज्याकेट लगाउनुपर्छ वा इजी व्हाइट टिसर्टका साथमा ओभरसाइज चोकर प्रयोग गर्नुपर्छ । त्यसका साथमा एटिच्युड क्यारी गर्नुपर्छ ।

एसेसरिजका लागि अलग बजेट : एसेसरिजले ओभरअल लुकलाई थप आकर्षक बनाउन सक्छ र त्यसले धेरै हदसम्म स्टाइल पनि प्रदान गर्छ । त्यसैले सुज, ह्यान्ड ब्याग्स, ज्वेलरिज, स्कार्फ, सन ग्लासेज आदिमा खर्च गर्नुपर्छ ।स्टाइलिस्ट इमर्जेन्सी किट : सेफ्टी पिन्स, वेट र ड्राई टिस्युज, ब्रा क्लिप, हेयर ब्रस आदि आफ्नो किटमा राख्नुपर्छ ।लुजलाई टाइटका साथमा पेयर अप गर्नुपर्छ : अपर तथा लोयर्स दुवैलाई लुज राख्नुपर्छ, होइन भने बल्की लुक प्राप्त हुन्छ ।शरीरका लागि ड्रेसअप न कि उमेरका लागि : बडी टोन्ड छ भने आफूलाई मनपर्ने कपडा लगाउनुपर्छ । बडी फ्याटी वा धेरै नै स्किनी छ भने सोचविचार गरी स्टाइलिङ गर्नुपर्छ । हेभी बडी भएकाहरूले स्लिभलेसबाट जोगिनुपर्छ र लाइटका स्थानमा गाढा रंगका पहिरन लगाउनुपर्छ ।

 Image