Successfully Copied

महिलाका लागि व्यायाम

पिलेटिज महिलाहरूमा लोकप्रिय व्यायाम हो । नर्मल डेलिभरीको चारसातापछि पनि यसलाई गर्न सकिन्छ । यो फिजिकल सिस्टमलाई जोसेफ पिलेटिभले प्रथम विश्वयुद्धका बेला घाइते सैनिकको शीघ्र स्वास्थ्य लाभका लागि तयार गरेका थिए ।

–पिलेटिज महिलाहरूमा लोकप्रिय व्यायाम हो । नर्मल डेलिभरीको चारसातापछि पनि यसलाई गर्न सकिन्छ । यो फिजिकल सिस्टमलाई जोसेफ पिलेटिभले प्रथम विश्वयुद्धका बेला घाइते सैनिकको शीघ्र स्वास्थ्य लाभका लागि तयार गरेका थिए । यसको माध्यमबाट मसल्स स्ट्रेल्थनिङ र स्ट्रेचिङ हुन्छ । 

–योगले शारीरिक एवं मानसिक स्वास्थ्यका लागि पनि काम गर्छ । हिजोआज त क्लब र जिममा पनि अष्टाङ्ग योगदेखि पावर योगसम्म गराइन्छ । 

–ताइ–चाइ चाइनिज व्यायाम हो जसबाट सन्तुलन र आराम प्राप्त हुन्छ । यो महिलाहरूका लागि राम्रो व्यायाम हो । 

–पौडी गर्मीमा शरीरलाई स्वच्छ एवं सेपमा राख्ने राम्रो उपाय हो । टिनएजर्सका लागि यो आवश्यक व्यायाम हो । 

–बेली डान्सिङ र जुम्बा पनि अहिले निकै लोकप्रिय छ । फन–मस्तीका साथमा यसबाट शरीरको अतिरिक्त क्यालोरी पनि कम हुन्छ । 

–ब्रिस्क वाकबाट तौल सन्तुलित हुन्छ र शरीरमा कुनै पनि हानी हुँदैन । 

–जिम लाभदायक र प्रभावकारी हुन्छ तर त्यसका लागि कुशल ट्रेनर चाहिन्छ । 

कुल मन्त्र

गर्मीमा नियमित रूपमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ । व्यायाम वा शारीरिक क्रियाकलाप गर्नुभन्दा केही पहिले र पछि पानी वा तरल पदार्थ खानुपर्छ । 

–डाइटमा सुप, सलाद र फल बढाउनुपर्छ । मसलेदार खाना कम खानुपर्छ । 

–एकसाथ तीनभन्दा बढी फलको मिक्स जुस पिउनु हुँदैन । 

क्यान जुसबाट जोगिनुपर्छ । ताजा फलको जुसलाई प्राथमिकता दिनुपर्छ । 

 Image