Successfully Copied

नराम्रो बानीले मोटोपन बढाउँछ

फिट रहन योग, एक्सरसाइज तथा हेल्दी डाइट आदिको सहयोग लिइन्छ । यस्ता अनेक प्रयासका बाबजुद पनि तौल घट्दैन बरू अझ बढ्दै जान्छ । यस्तो अवस्थामा आफ्नो बानी सुधार्नुपर्छ । नराम्रो बानी पनि बढ्दो मोटोपनको कारण हुनसक्छ ।

फिट रहन योग, एक्सरसाइज तथा हेल्दी डाइट आदिको सहयोग लिइन्छ । यस्ता अनेक प्रयासका बाबजुद पनि तौल घट्दैन बरू अझ बढ्दै जान्छ । यस्तो अवस्थामा आफ्नो बानी सुधार्नुपर्छ । नराम्रो बानी पनि बढ्दो मोटोपनको कारण हुनसक्छ ।

टिभी हेर्दै भोजन गर्नु

–टिभी हेर्दै भोजन गर्दा कति र के खाइँदै छ भन्ने कुरामा ध्यान पुग्दैन र तौल बढ्छ ।

–एकदिनमा दुई घन्टाभन्दा बढी समय टिभी हेरेर खाना खाँदा मोटोपन बढ्ने सम्भावना २० प्रतिशतसम्म बढ्छ ।

–लगातार रोनाधोनायुक्त सिरियल हेर्दा मुटु तथा ब्लडप्रेसरसम्बन्धी समस्या हुन सक्छ ।

के गर्ने ?

–टिभी हेर्दा बीचबीचमा स्ट्रेचिङ एवं एक्सरसाइज आदि गरे मोटोपन नियन्त्रण गर्न सकिन्छ ।

लामो समय भोकै रहनु

चाँडै घरबाट बाहिर निस्कँदा कतिपय अवस्थामा भोकै बाहिर निस्कनुपर्ने हुनसक्छ । घरमै बस्दा पनि कहिलेकाहीँ लामो समयसम्म भोकै बसिन्छ । यस्तो अवस्थामा शरीरमा पोषक तत्वको कमी हुन्छ ।

–शरीरमा ब्लड सुगरको मात्र कम हुने सम्भावना पनि बढ्छ ।

–मस्तिष्कलाई समयमा ग्लुकोज प्राप्त नहुँदा पनि स्वभावमा केही परिवर्तन आउँछ ।

–लामो समयसम्म खाली पेट रहेर बढी खाना खाँदा एसिडिटी एवं आलस्य आदिको समस्या हुनसक्छ ।

के गर्ने ?

समयमा भोजन गर्नुपर्छ र एउटा निश्चित डाइट ग्रहण गर्नुपर्छ ।

हतार–हतार खाना खानु

हतार–हतार खाँदा मोटोपन बढ्ने सम्भावना हुनुका साथै पाचन क्रिया प्रभावित हुन्छ । पेट भरिएको–नभरिएको सूचना पनि मस्तिष्कसम्म ढिलो पुग्ने हुनाले आवश्यकताभन्दा बढी खाना खाइन्छ ।

–पाचन शक्ति कम हुन्छ ।

–पेट दुख्ने सम्भावना पनि हुन्छ ।

के गर्ने ?

भोकअनुसार सीमित मात्रामा खाना खानुपर्छ । खाना खाँदा अरू काम गर्नु हुँदैन । भोक लाग्छ भने फलफूल वा स्वस्थ स्न्याक्स खान सकिन्छ ।

ब्रेक फास्ट नगर्नु

रातिको भोजन र ब्रेकफास्टका बीच ८ देखि १२ घन्टाको अन्तरले मस्तिष्क र मसल्सलाई कमजोर बनाउँछ । यस्तोमा बिहानको नास्ता नगरी मात्र एक कप चिया वा कफी पिउँदा पनि मोटोपन बढ्छ ।

–पाचन शक्ति कमजोर हुन्छ ।

–क्यालोरी घट्नुको साटो बढ्छ ।

–यसबाट एनेमिक पनि हुन सक्छ ।

–शरीरमा इनर्जी कम हुन्छ ।

के गर्ने ?

स्वस्थ ब्रेकफास्ट गर्नुपर्छ । दिनभरिको भोजनको तुलनामा ब्रेकफास्टमा उचित पदार्थको मात्रा बढी हुनुपर्छ ।

पर्याप्त सुत्नुपर्छ ।

राति ढिलो सुत्नु र बिहान चाँडै उठ्नु पनि मोटोपनको कारण हुन्छ ।

–राति खाएको खाना राम्रोसँग पच्दैन ।

–अनिद्राको सिकार भइन्छ ।

–शरीरको एनर्जी लेभल कम हुन्छ ।

–मस्तिष्क विचलित भएर डिप्रेसन पनि हुन सक्छ ।

के गर्ने ?

हरेक काम निश्चित समयमा गर्ने प्रयास गर्नुपर्छ । यसो गर्दा समयमा सुत्न र उठ्न सकिन्छ । ७–८ घन्टा सुत्नु जरुरी छ ।

फास्टफुडको सेवन

मोटोपन बढ्नुको मुख्य कारण फास्टफुड पनि हो । फास्टफुडमा क्यालोरीको मात्रा धेरै बढी भएका कारण यसको सेवनले मोटोपन बढ्छ ।

–हार्टसम्बन्धी समस्या हुन्छ ।

–डायबिटिजको डर हुन्छ ।

के गर्ने ?

सातामा एकपटक फास्डफुड खानुपर्छ र एक्स्ट्रा चीज सेवन गर्नु हुँदैन । तारेको भन्दा रोस्टेड वा बेक्ड फास्डफुड खानु उपयुक्त हुन्छ ।

खाना खाएपछि तुरुन्तै सुत्नु

रातिको भोजन ढिलो गर्नु, बढी मात्रामा खाना खानु र खाएपछि तुरुन्तै सुत्नु पनि मोटोपनको एउटा कारण हो । त्यसो गर्दा भोजन पच्दैन र शरीरमा बोसो बढ्छ ।

–खाना ठीक तरिकाले नपच्दा ग्यासको समस्याले सताउँछ ।

–पेट बाहिर निस्कन्छ ।

के गर्ने ?

खाना खाएपछि केही समय हिँडडुल गर्नुपर्छ । यसले खाना पचाउन सहयोग गर्छ ।

तनावमा बढी खानु

मानसिक रूपमा तनावग्रस्त रहँदा वा रिसको झोकमा बढी खाना खाँदा पनि मोटोपन बढ्छ ।

–हाई कोलेस्ट्रोल, हाई ब्लड प्रेसर तथा गेस्ट्रोएनटाइटिस हुने सम्भावना बढी हुन्छ ।

के गर्ने ?

तनावको स्थितिमा बढी खाना खाएर रिस पोख्नुभन्दा एक्सरसाइज गरी रिस निकाल्नु राम्रो हुन्छ ।

अल्कोहलको सेवन

कहिलेकाहीँ हेल्दी डाइट खाँदा वा शारीरिक अभ्यास गर्दा पनि तौल घट्नुको साटो बढ्छ । यसको एउटा कारण हाई क्यालोरीयुक्त अल्कोहल सेवन गर्नु हुन सक्छ ।

–लिभरमा इन्फेक्सन हुन सक्छ ।

–हार्ट अटेक पनि हुन सक्छ ।

–ब्रेनसम्बन्धी रोग लाग्न सक्छ ।

के गर्ने ?

–अल्कोहल सेवन गर्नु हुँदैन ।

–दिनभरि बसेर काम गर्नु हुँदैन ।

–अफिसमा लगातार बसेर काम गर्दा पनि तौल बढ्छ ।

–शरीरमा फ्याटको मात्रा बढ्छ ।

–डायबिटिज हुने सम्भावना बढी हुन्छ ।

–ह्दयसम्बन्धी रोग लाग्न सक्छ ।

–तौल बढी हुँदा ब्याक बोन कमजोर हुन्छ ।

के गर्ने ?

कामको बीच–बीचमा दुई–तीन पटक कफी वा बाथरुम जाने निहुँ गरी उठेर आफ्नो शरीरलाई रिल्याक्स हुन दिनुपर्छ । लिफ्टको साटो भर्‍याङ प्रयोग गर्नुपर्छ र फोनमा कुरा गर्दा पनि वाक गर्न सकिन्छ ।

 

 Image