– साधारणतया मानिस दिनमा १५ पटक हाँस्छन् ।
– विश्वका १० प्रतिशत मानिस लेफ्ट हेण्डेड हुन्छन् ।
– ३० वर्षको उमेरपछि मानिसको शरीर बिस्तारै–बिस्तारै खुम्चन थाल्छ ।
– सामान्य व्यक्ति सुत्नका लागि १२ देखि १४ मिनेटको समय लाग्छ ।
– हाँस्नका लागि जति मांशपेशी आवश्यक हुन्छ रिसाउन त्योभन्दा धेरै मांशपेशी आवश्यक पर्छ ।
– हाँछ्यु गर्ने समयमा आँखा खुल्ला राख्नु सम्भव हुदैन ।
– सरदरमा एकजना पुरुषले आफ्नो जीवनको ५ महिना समय दार्ही बनाउन खर्चिन्छन् ।
– ९० प्रतिशतभन्दा बढी रोगको कारण तनाव हुन्छ ।
– संगीत सुनेमा पाचनप्रणाली बलियो हुन्छ ।
– प्रत्येक दिन मानिसको पेटबाट २ लिटर जति हाइड्रोक्लोरिक एसिड पैदा हुन्छ ।
– महिलाको धड्कन पुरुषको भन्दा धेरै चल्छ ।
– धेरै आइक्यु क्षमता भएका मानिस धेरै सपना देख्छन् ।
– ३५ साल उमेरसम्म पुग्दा व्यक्तिको करिब ७ हजार ब्रेन सेल्स प्रत्येक दिन नाश हुन्छ यसलाई रिप्लेस गर्न सकिदैन ।
– नाकले ५० हजार भिन्दाभिन्दै बास्नाको याद गर्छ ।
– सामान्यत: महिला पुरुषभन्दा ५ इन्च होचा हुन्छन् ।
– जन्मेको समयमा सबै बच्चाले रंग छुट्याउन सक्दैनन् ।
– महिलाले पुरुषको तुलनामा दुईगुण बढी आँखा झिमझिम गर्छन् ।
– महिलाको शरीरमा करिब ४.५ लिटर रगत हुन्छ । पुरुषको शरीरमा ५.६ लिटर हुन्छ ।
– हाम्रो दिमाग दिनको तुलनामा रातमा धेरै सक्रिय हुन्छ ।
– हाँसो एक प्रभावशाली पेनकिलर हो ।