जिब्रो पनि सफा गर्नुपर्छ ?
जिब्रोको काम स्वाद दिने पनि भएकाले यस्ता धारिलो वस्तुको प्रयोगले स्वाद दिने ग्रन्थिहरूमा असर पर्छ । सफा गर्दा नरम खालको ब्रस प्रयोग गर्नुपर्छ र सफा गर्दा धेरै घोट्नुहुँदैन ।
चिकित्सकहरूका अनुसार टाइट जिन्स लगाउँदा मांसपेशीमा गम्भीर असर पर्छ । जर्नल अफ न्यूरोलोजी, न्यूरोसर्जरी एण्ड साइक्याट्रिक चिकित्सकहरूका अनुसार एउटी ३५ वर्षीया महिलाको टाइट जिन्स काटेर निकालिएको थियो किनभने उनको पिडौंला धेरै सुन्निएको थियो । चिकित्सकहरूका अनुसार यसलाई कम्पार्टमेन्ट सिन्ड्रोम भनिन्छ । टाइट जिन्स लगाउँदा ती महिलाको अवस्था अझ बिग्रदै गयो ।

कम्पार्टमेन्ट सिन्ड्रोम एउटा कष्टकर तथा गम्भीर रोग हो जसमा मांसपेशी सुन्निनुका साथै रक्तस्राव पनि हुन्छ । अस्पतालमा जाँचबाट ती महिलाको खुट्टाको तल्लो भाग सुन्निएको कुरा पत्ता लागेको थियो । उनी चार दिनको उपचारपछि सामान्य रूपमा हिँडडुल गर्न समर्थ भएको बताइन्छ ।