‘आँखामा जलबिन्दु हुनसक्छ’
आँखामा कुनै समस्या र लक्षण नदेखिए पनि धेरैमा दृष्टि स्यानु रोग ‘जलबिन्दु’ पाइएको छ । यसका लागि नियमित आँखाको जाँच गराउनुपर्छ, समयमै रोगबारे जानकारी पाए रोगको निदान गरी दृष्टिदोषबाट बच्न सकिन्छ ।

चिकित्सकहरूका अनुसार टाइट जिन्स लगाउँदा मांसपेशीमा गम्भीर असर पर्छ । जर्नल अफ न्यूरोलोजी, न्यूरोसर्जरी एण्ड साइक्याट्रिक चिकित्सकहरूका अनुसार एउटी ३५ वर्षीया महिलाको टाइट जिन्स काटेर निकालिएको थियो किनभने उनको पिडौंला धेरै सुन्निएको थियो । चिकित्सकहरूका अनुसार यसलाई कम्पार्टमेन्ट सिन्ड्रोम भनिन्छ । टाइट जिन्स लगाउँदा ती महिलाको अवस्था अझ बिग्रदै गयो ।
कम्पार्टमेन्ट सिन्ड्रोम एउटा कष्टकर तथा गम्भीर रोग हो जसमा मांसपेशी सुन्निनुका साथै रक्तस्राव पनि हुन्छ । अस्पतालमा जाँचबाट ती महिलाको खुट्टाको तल्लो भाग सुन्निएको कुरा पत्ता लागेको थियो । उनी चार दिनको उपचारपछि सामान्य रूपमा हिँडडुल गर्न समर्थ भएको बताइन्छ ।