ठूलो आन्द्राको क्यान्सर
ठूलो आन्द्राका कोषिकाहरू अनियन्त्रित भई विभाजित हुनु नै ठूलो आन्द्राको क्यान्सर हो । संसारमा क्यान्सरले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ ।
ठूला स्तनलाई साना तथा सानालाई ठूला बनाउन अनावश्यक रौं हटाउन, नराम्रो नाकलाई राम्रो बनाउन, अनावश्यक कोठीका समस्याबाट छुटकारा दिलाउन महाराजगन्जमा डर्मापरफेक्ट स्किन, लेजर एण्ड प्लास्टिक सर्जरी सेन्टर स्थापना भएको छ । यो सेन्टरमा साना आँखा ठूला बनाउने, हेयर ट्रान्सप्लान्ट, शरीरमा पलाएको मुसा फाल्ने आदि काम पनि गरिन्छ । बिरामीलाई असहज नहोस् भनेर सेन्टरमा स्पा तथा क्याफ्टेरिया पनि संचालन गरिएको डा. अपर्णा शाहले बताइन् ।
दुई महिनाअघि स्थापना भएको यो सेन्टरमा धेरै नेपाली तथा विदेशीले सेवा लिइसकेका छन् । हप्ताको सातै दिन संचालनमा आउने यो सेन्टर शनिबार २ बजेसम्म मात्र खुल्ला रहन्छ । यहाँ डन्डिफोर, चाउरीपन तथा मखिया हटाउने कामसमेत गरिन्छ । यहाँ भारत र सिंगापुरका साथै लन्डनका चिकित्सकसँगको टेली डर्मेटोलोजी सेवा पनि उपलब्ध छ ।