Successfully Copied

पुष्प मेलामा १ करोड बढीको कारोबार

२४औँ फ्लोरा एक्स्पोमा १ करोड ७ लाखको आर्थिक कारोबार भएको छ भने चैत १७ देखि २० गतेसम्म ४ दिन भएको मेलामा ४० हजार हजारभन्दा बढीले अवलोकन गरेका छन् ।


पुष्प व्यवसायको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य सहित सुरु भएको २४औँ फ्लोरा एक्स्पोमा १ करोड ७ लाखको आर्थिक कारोबार भएको छ । चैत १७ देखि २० गतेसम्म ४ दिन भएको मेलामा ४० हजारभन्दा बढीलेअवलोकन गरेका छन् ।



‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेलामा उपभोक्ताहरुमा नयाँ विरुवाहरुप्रतिको क्रेज देख्न सकिन्थ्यो ।

 फ्लोरिकल्चर एशोसिएशन नेपाल अध्यक्ष मिन बहादुर तामङको अनुसार हरेक बर्ष विश्व बजारबाट नयाँ–नयाँ विरुवाहरु आयत हुने गरेको छ । उनी भन्छन्, ‘उपभोक्ताहरु पनि हरेक बर्ष नयाँ विरुवा खोजिरहेका हुन्छन् ।’ मेलामा विशेषगरी अर्नामेन्टल इन्डोर र आउटडोर विरुवाहरुको बढी रुची देखिएको थियो । विगत केहि बर्ष कोरोना महामारीकै कारण लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि यहि अवस्थामा कारोबार गर्न सके आउँदो वर्षहरुमा पुष्प व्यवसायीहरुलाई सहज हुने उनको भनाई छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल को आयोजनामा सञ्चालन गरिएको मेलामा ८० वटा स्टल छन् । जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल रहेका थिए । मेलामा चार सय ५० भन्दा बढी फूल बिरुवाको प्रदर्शन गरिएको थियो ।

त्यसैगरी नर्सरी व्यवसायीद्वारा उत्पादित आलङ्कारिक फूल बिरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावट, पुष्प सजावटजस्ता उत्कृष्ट विधामा प्रतिस्पर्धा गराइ पुरस्कारकाको समेत व्यवस्था गरिएको थियो । 

 Image