Successfully Copied

दूरका सितारा

पछिल्लो समय कर्णालीको कला–संस्कृतिले आफ्नो क्षेत्रलाई मात्रै होइन, पूरै नेपाल र नेपालीलाई जोड्दै आएका छन् । विभिन्न समयमा फरक–फरक व्यक्तिले सूदुर र कर्णालीका आवाजलाई सारा नेपालीसम्म पुर्‍याउँदै आएका छन् ।

आरती पौडेल
अरूले दिएको ‘दु:खको भूगोल’ उपमाले कर्णाली र सुदूरपश्चिम आफै लामो समय दुखिरह्यो । अभाव, दु:ख र भौगोलिक पीडाका आधारमा यो क्षेत्रलाई चित्रित गर्ने भाष्य अझै हट्न सकेको छैन । सुगम र सहरका गाथा र व्यथाको चर्चामा उक्त क्षेत्रका सुनिनैपर्ने सयौं मुद्दा ओझेलमा छन् । तर, भौगोलिक विकटता र अनेकौं अभावबीच यस क्षेत्रबाट गुञ्जिने संगीत र कला–संस्कृतिले भने सारा नेपालीलाई जोड्दै आएको छ ।
त्यसैले पछिल्लो समय कर्णालीको कला–संस्कृतिले आफ्नो क्षेत्रलाई मात्रै होइन, पूरै नेपाल र नेपालीलाई जोड्दै आएका छन् । विभिन्न समयमा फरक–फरक व्यक्तिले सूदुर र कर्णालीका आवाजलाई सारा नेपालीसम्म पुर्‍याउँदै आएका छन् । पुरुषप्रधान समाजको चेपुवाका बीच कर्णालीका नारीले आफूलाई हरेक क्षेत्रमा अब्बल बनाउँदै अगाडि बढिरहेका छन् ।
अहिले नयाँ पुस्ताले देउडा, ठाडी भाका, लोक गीतमार्फत सूदुर र कर्णालीको आवाजलाई बुलन्द गरिरहेका छन् । गीत–संगीतमार्फत सुखदु:ख र समस्यादेखि त्यहाँको संस्कृतिलाई विश्वभर चिनाउन भूमिका खेलिरहेका छन् । साथै युट्युबबाट पनि राम्रै आम्दानी पनि गरिरहेका छन् ।
उनीहरू कसरी सांगीतिक क्षेत्रमा लागे, कलाकारिता क्षेत्रमा लाग्दा कस्ता कठिनाइको सामना गरे । संघर्षपछि प्राप्त सफलताले कस्तो महसुस गरिरहेका छन् ? यस अंकको नारी मासिकमा देउडा, ठाडी भाका, लोकगीतमार्फत कर्णाली र सुदूरलाई चिनाउँदै आएका जेन–जी कलाकार इब्सल सन्ज्याल, विपना सिंह, संगीता बडुवाल, यशोदा देवकोटालाई समेट्ने प्रयास गरिएको छ ।

 Image