Successfully Copied

हास्यकलाकार महिला

कुनै बेला चलचित्रमा हास्यकलाकार अनिवार्य मानिन्थ्यो । खानामा चटनी नभई हुँदैन भनेझैं चलचित्रमा एकाध हास्यजोडी समावेश भएकै हुन्थे । एक समय वसुन्धरा भुसालसर्वाधिक रुचाइएकी पात्र थिइन् ।



कुनै बेला चलचित्रमा हास्यकलाकार अनिवार्य मानिन्थ्यो । खानामा चटनी नभई हुँदैन भनेझैं चलचित्रमा एकाध हास्यजोडी समावेश भएकै हुन्थे । एक समय वसुन्धरा भुसालसर्वाधिक रुचाइएकी पात्र थिइन् । हास्यविधामा पहिलो कलाकार पनि हुन्, उनी । उनले चलचित्र, टेलिसिरियललगायत थुप्रै विधामा अभिनय गरिसकेकी छन् । उनको कलायात्रा भने बालकला प्रतियोगिताबाट सुरु भएको हो, जतिबेला उनी सात वर्षकी थिइन् । नाटकबाट कलायात्रा थालेकी उनले पहिलोपटक नेपालमा खिचिएको चलचित्र ‘आमा’ बाट ठूलोपर्दामा प्रवेश गरिन् । हास्यव्यंग्य हुँदै उनले दर्जनौं चलचित्र र टेलिचलचित्रमा फरक–फरक पात्रको भूमिका निर्वाह गरिसकेकी छन् । यतिबेला गाईजात्राको सिजन सुरु भएको छ । पछिल्लो समय महिला हास्यकलाकारको संख्या बढ्दै गएको छ । नयाँपुस्ताआउने क्रम पनि जारी छ । युट्युब एवं सामाजिक सञ्जालमार्फत उनीहरूले आफ्नो क्षमता प्रस्तुत गरिरहेका छन् । स्ट्यान्डअप कमेडी जस्ता रियालिटी शोले पनि यसलाई प्रश्रय दिएको छ ।


टेलिशृंखला ‘मेरी बास्सै’, ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ जस्तारुचाइएका शो हुन् । टेलिभिजनको त्यो समयकी कमेडियन रानी हुन्, दीपा श्री निरौला । सिरियल ‘अग्निपथ’को अभिनयले उनलाई चर्चामा पुर्‍याएको हो । रामविलास–धनियाँको शोले उनलाई कलाकारका रूपमा चिनायो । थप उचाइमा पुर्‍यायो ‘तीतो सत्य’ले । कलाकार दीपकराज गिरीसँगको सहकार्यले उनलाई अझ फाइदा पुर्‍यायो । समसामयिक विषयलाई नै सिरियलबाट देखाइएका कारणचर्चामा रहेको उनले बताइन् । टेलिसिरियल होस् वा चलचित्र, सामयिक विषयवस्तु उठान गरेर दर्शकलाई देखाउन सकेत्यसले चर्चा पाउने उनको अनुभव छ । नेपाली दर्शकमाझ कालीबूढीको परिचयबाट चिनिएकी छन्, शारदा गिरी । चलचित्र ‘सम्झौता’बाट नेपाली चलचित्रमा उनले पाइला टेकेकी हुन् । सुरुवाती समयमा महिला सीमित हुने भएकाले आफूले निरन्तर अवसर पाइरहेको उनको भनाइ छ । उनले ‘हल्का रमाइलो’, ‘मेरी बास्सै’ जस्ता हास्यव्यंग टेलिसिरियलमा पनि अभिनय गरिसकेकी छन् । उनको अभिनय हास्य कलाकारितामा मात्र सीमित छैन । ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’, ‘हल्कारा’ चलचित्रमा पनि उनले अभिनय गरिसकेकी छन् ।

कलाकार पल्लसा डंगोल चम्सुरी उपनामले हास्यक्षेत्रमा परिचित छन् । टेलिशृंखला ‘मेरी बास्सै’को चम्सुरीबाट उनले नसोचेको सफलता पाइन् । थुप्रै टेलिसिरियल, चलचित्रदेखि म्युजिक भिडियोमा समेत उनको अभिनयदेख्न सकिन्छ । दुवै मिर्गौला फेल भएर उपचाररत उनी पुनः कला क्षेत्रमा आउने प्रयासमा छिन् । नेपाली हास्य क्षेत्रमा धुर्मुस–सुन्तली अर्थात् कुञ्जना घिमिरे र सीताराम कट्टेलको जोडी पनि चर्चामा रह्यो । ‘मेरी बास्सै’ टेलिशृंखलामा गाउँले परिवेशर त्यही समाजको पात्रमा भिज्दै कुञ्जना हास्यव्यंग कलाकारका रूपमा स्थापित भएकी हुन् । उनी पछिल्लो समयआफै टेलिशृंखला बनाउन व्यस्त छिन् ।


निरु खड्का पनि कुनै समयकी चल्तीकी हास्य कलाकार हुन् । उनी ‘मेरी बास्सै’बाट नै कलाक्षेत्रमा उदाएकी हुन् । यसका साथै विभिन्न गीतले पनि उनलाई चर्चाको शिखरमा पुर्‍यायो । चलचित्रमा कोरस डान्सरबाट अभिनय गर्न थालेकी उनले नाटक, म्युजिक भिडियो र सिरियलहरूमा अभिनय गरेकी छन् । पछिल्लो समय कलाबाट टाढिएकी उनी सामाजिक सञ्जालमा भने सक्रिय छिन् ।
नेपाली चलचित्रकी हक्की र निडर कलाकार हुन्, लक्ष्मी गिरी । नेपालीसँगै भोजपुरी चलचित्रमा पनि उनले अभिनय गरेकी छन् । राष्ट्र बैंकको जागिर छोडेर उनी कलाकारिता क्षेत्रमा आइपुगेकी हुन् । कलाकार कि हास्यकलाकार भन्ने प्रश्नमा उनको रेडिमेड जवाफ छ–हास्यकलाकार । उनले त चलचित्रहरूमा स्टन्ट पनि गरेकी छन् । ‘जय भोले’, ‘छक्कापञ्जा’ जस्ता चलचित्रमा उनको फाइट हेर्न सकिन्छ ।सडकनाटक, टेलिशृंखलाबाट हास्यकलाकार उदाएका प्रशस्तै उदाहरण छन् । नयाँपुस्ताको प्रवेश भने फरक देखिन्छ । स्ट्यान्ड अप कमेडी जस्ता रियालिटी शो र सामाजिक सञ्जालदर्शक हँसाउने राम्रो प्लाटफर्म बनेका छन् । रियालिटी शोबाटै उदाएकी हास्यकलाकार हुन् सीता न्यौपाने । ‘के हेरेको वे’ भन्ने उनको डाइलग युवापुस्ताको मुखमा झुन्डिएको छ । भारतीय स्ट्यान्ड अफ कमेडी हेरेर नै उनलाई कमेडियनको रहर जागेको हो । विभिन्न सामाजिक विषयमा उनले व्यंग गर्छिन् । समाजमा भइरहने विषयवस्तुलाई नै आफूले उठाउने गरेको उनको भनाइ छ ।

 Image