Successfully Copied

चलचित्रका भान्से

६५ वर्ष पुगेका धनबहादुर तामाङ पछिल्लो समय भने कुककोआम्दानी राम्रोभएको देखेका छन् । समयसँगै हरेक कुरा परिवर्तन हुँदै जाने उनले बुझेका छन् ।


चाबहिलका हेमकुमार शाही चलचित्रको रहर बोकेर यो क्षेत्रमा लागे । के गर्ने, कहाँ काम गर्ने अलमलमा थिए । त्यही बेला उनको भेट नवराज उप्रेतीका बुवासँग भयो । त्यसबेला उप्रेती चलचित्र क्षेत्रमा हेड कुक थिए । उनी सहायक भएर काम गर्न थाले । चलचित्र यो मायाको सागर, बद्री, सहरमा उनले असिस्टेन्ट कुकका रूपमा काम गरे । उनले चलचित्रअर्जुनबाट भने हेड कुकका रूपमा काम गर्न थालेका हुन् । उनलाई लाग्यो आफ्नो क्षमताअनुसार यही काम नै ठीक रहेछ । विस्तारै उनले कुकका रूपमा काम गरेवापत पैसा पनि कमाउन थाले । किरण केसी र केशव भट्टराईको समय थियो, त्यतिबेला । उनले सबैलाई बिहान खाजा एवं खाना बनाएर खुवाउनुपर्थ्यो । काम सहज नभएपनि उनी त्यसैमा रमाउन थाले । उनी खाना पकाउनका लागि नेपालका विभिन्न ठाउँमा पुगेका छन् । नेपालीसँग मात्र नभई भारतीय टिमसँग पनि काम गरेको अनुभव उनीसँगछ । तर नेपालीसँग काम गरेजस्तो सहज भने भएन, उनलाई । उनले भने, ‘भारतीय टिमसँग काम गर्दा के मिलेन जस्तो लागिरह्यो । आफ्नै नेपाली टिमसँग काम गर्न सहज भएको उनीबताउँछन् । उनले २०–२५ वटा भोजपुरी चलचित्रमा पनि काम गरिसकेका छन् । थुप्रै कलाकारलाई खानाको स्वाद चखाइसकेका उनलाई राजेश हमालको खाना भने भिन्नै लाग्छ । उनी खाना खाँदैनन्, ड्राइ फ्रुट्स र अन्य खानेकुरा खान्छन् । उनले तीन जना असिस्टेन्ट राखेर काम गरिरहेका छन् । खाना पकाउने काममा जस–अपजस दुवै आउने उनी बताउँछन् । उनी भन्छन्, ‘व्यक्ति प्रत्येकको स्वादफरक हुन्छ । कसैलाई त्यही स्वाद मन पर्ने र कसैलाई मन नपर्न सक्छ ।’उनले हेड कुकका रूपमा दिनमा तीन हजार रुपैयाँसम्म कमाउँछन् भने असिस्टेन्ट कुकको केही कम हुन्छ । चलचित्रमा ज्यालादारीदेखि ठेक्कामा उनी काम गर्छन् । सामान किनिदिने अरुले खाना मात्र पकाउने र अर्को सामान आफैं जोहो गर्छन् । उनी वर्षमा ९ महिना चलचित्रमै व्यस्त हुन्छन् । वर्षाकोसमयमा तीन महिना भने उनी खाली हुन्छन् । काम गर्न र खट्न सके राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन् । उनले खाना पकाएकै कमाइले दुई छोराछोरी पढाउनेदेखि विदेश पठाउन समेत सकेका छन् । उनी भन्छन्, ‘जहाँ पनि खट्न रकाम गर्न सके आम्दानी हुन्छ, यसमा खटाइ एवं परिश्रम बढी भएपनि पैसा राम्रै कमाएको छु ।


अल्लारे उमेरकै थिए, सर्लाहीका धनबहादुर तामाङ काठमाडौं आए । पाकिस्तानी चलचित्रमा भीडभाड देखाउनउनलाई चलचित्र क्षेत्रमा लिएर जान्थे । उनलाई भने चलचित्रमा देखिन पनि पाइने र टिममा जाँदा रमाइलो लाग्थ्यो । त्यसबेला ‘सर्ट फिल्म’ निर्माण हुन्थे । उनलाई भने ठूलो पर्दामा देखिन मन लाग्थ्यो, तर उनी देखिन भने पाएनन् । उनले भने ‘चलचित्रमा देखिन्छ भनेर जान्थ्यौं तर हामी कतै पनि नदेखिँदा रहेछौं ।’ यसले नै उनलाई चलचित्रप्रति मोह बढ्यो । उनलाई कमाउनु सँगै रमाइलो गर्नु थियो । खाना पकाउने काममा पैसा हुन्छ भनेर उनले यो काम गर्न थाले । दिनको दुईदेखि तीन सय रुपैंयाँ कमाइ हुन्थ्यो । आम्दानीसँगै उनलाई रमाइलो पनि हुन्थ्यो । तर पनि पैसा कम भएको उनलाई महसुस हुन्थ्यो । उनले धीरेन शाक्य र राजेश हमालदेखि नयाँ पुस्ताका कलाकारहरूसँग काम गरेका छन् । केही समय रेस्टुरेन्टमा काम गरेको अनुभवले उनलाई काम गर्न सहज बनाइदिएको छ । उनले भने–‘यो क्षेत्रमा खटाइ धेरै भए पनि पैसा भने कमै हुन्थ्यो ।’ राजेश हमालको युगदेखि युगसम्म चलचित्रमा पनि उनले नै भान्सा चलाएका थिए । उनलाई सम्झना छ, राजेश हमाल खाना खाँदैनन् ड्राइ फुट्स मात्र खान्छन् तर निखिल उप्रेती भने दाल मन पराउँथे । करिब ३०–३५ वर्ष काम गरेका उनले कोरोनापछि भने यसलाई थाती राखेका छन् । ६५ वर्ष पुगेका उनी पछिल्लो समय भने कुककोआम्दानी राम्रोभएको देखेका छन् । समयसँगै हरेक कुरा परिवर्तन हुँदै जाने उनले बुझेका छन् ।

नेपाली चलचित्रमा चर्चित ‘जेठा दाइ’ कुलबहादुर राउत पनि लामो समयदेखि चलचित्रमा भान्सेको भूमिका निभाइरहेका छन् । पुराना पुस्तादेखि नयाँ पुस्तालाई उनले खानाको स्वाद चखाइसकेका छन् । खाना पकाउने काम सहज पक्कै हुँदैन सुटिङ युनिटमा एकपटकमा ५० जना भन्दा बढी नै हुन्छन् तर उनी सहजै भान्सा उतार्छन् । उनी चलचित्र लाहुरेबाट भान्से बनेका हुन् । उनको नाम ‘जेठा दाइ’ पनि यही चलचित्रबाट नामाकरण भएको थियो । चलचित्रमा रञ्जित गजमेरले ‘जेठा दाइ’ भनेपछियो नाम चर्चित भयो । उनी मेसमा खाना पकाएर सबैलाई खुवाउँथे । चलचित्रका कलाकारदेखि असिस्टेन्ट सबैलाई एउटै खाना खुवाउँदा आलोचना पनि उत्तिकै हुन्थ्यो । उनले भने, ‘व्यक्तिअनुसारको खाना र स्वाद बनाउन सहज नहुने भएकाले भान्सामा जे पाक्थ्यो त्यही सबैले खाने गर्थे ।’७० वर्षीय उनी पर्दापछाडिको हिरोझैं सधै खटिइरहे । केही समयअगाडि पुरस्कार पनि पाए । यसले उनलाई आफ्नो कामको मूल्यांकन भएको महसुस भयो । उनले भने, ‘चलचित्रमापर्दापछाडिका कलाकारको पनि उत्तिकै भूमिका हुन्छ तर यहाँ मुख्य कलाकारको मात्र चर्चा हुन्छ । उनीहरूको पनि उचित मूल्यांकन हुनुपर्छ ।’

 Image