Successfully Copied

संरक्षण केन्द्र हाक्ने रचना

चिडियाखानामा शिक्षा अधिकृत, क्युरेटर हुँदै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी उनलाई निकुञ्ज सम्हाल्नु चुनौती नै थियो । आफ्नो अनुभवलाई फिल्डमा उतार्न आत्मविश्वासका साथ सौराहा पुगेकी थिइन् ।


दश वर्षकी छोरी छोडी संरक्षण केन्द सम्हाल्न आइपुगेको पनि १० महिना भइसक्यो । रचना शाहलाई लाग्छ कतै छोरीको बालापन पनि छुट्ने हो कि ? एक सन्तानलाई विदेश पठाइसकेकी उनले अर्को सन्तानको जिम्मेवारी श्रीमानलाई छोडिदिएकी छन् । यतिबेला परिवारको मायाले भन्दा पनि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्र्तगत जैविक विविधता संरक्षण केन्द्र सौराहाको जिम्मेवारीले उनलाई तानेको छ । निडर र अब्बल बन्दै महिला नेतृत्वलाई स्थापित गर्न लागेकी छन् । अहिले संरक्षण केन्द्रले पहिलो महिला नेतृत्व पाएको छ । महिला नेतृत्वमा अब्बल र सबल हुन्छन् भनेर उनलाई प्रमाणित पनि गर्नु छ । किनभने सुरुमा जिम्मेवारी सम्हाल्दा उनीमाथि थुप्रै प्रश्न उठेका थिए । महिला भएर कसरी निकुञ्ज हाँक्न सक्छन् ? फिल्डमा खट्न सक्छिन् ? वन्यजन्तु संरक्षण व्यवस्थापन कसरी गर्न सक्छिन् ? उनले यतिबेला निकुञ्जको जिम्मेवारी हाँकेकी छन् । निकुञ्जमा आफ्नो क्षमता प्रदर्शन गर्न उनी प्रयासरत छन् । उनी भन्छिन्, ‘अहिले पनि धेरैले महिला भएर काम गर्न अप्ठ्यारो हुँदैन सबैले सोध्नुहुन्छ तर, क्षमता भए महिला पुरुष छुट्टिँदैन भन्ने मलाई लाग्छ ।’ जनावरप्रतिको माया र भावनात्मक सम्बन्ध जोडिएकाले पनि उनलाई काम गर्ने ऊर्जा थपिदिन्छ । वन्यजन्तु कोषमा रमाउनर रुचि बुझ्न उनको बाल्यकालमै पुग्नुपर्छ । नेपालगञ्जमा जन्मेकी उनलाई बच्चैदेखि जनावरको नजिक हुन मन पथ्र्याे । घरमा पालेका कुकुर र गाईहरुरू हेर्थिन् । उनीहरूलाई घाउ वा चोटपटक लाग्यो कि उपचार गर्नेमा उनी नै अघि सर्थिन् अरु घिन मान्थे । ‘घरपालुवा जनावरसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको थियो, उनी भन्छिन् उनीहरूसँग खेल्न वा रमाउन मलाई औधी मन पथ्र्याे ।’


चार छोरीमध्ये उनी कान्छी छोरी हुन् । छोरीहरूलाई पनि पढाउनुपर्छ भन्ने सोच परिवारको थियो । त्यसैले शिक्षामा उनलाई अवसरको कमी भएन । उनीअध्ययन गर्न भारतको लखनउ पुगिन् । नेपाल फर्कदा स्नातक पढ्ने समय भइसकेको थियो । उनले बिएस्सी गरिन् र जुलोजी विषय लिएर स्नातकोत्तर पूरा गरिन् । पुन नेदरल्यान्डबाट उनले रिसोर्स म्यानेजमेन्टमा स्नाकोत्तर गरिन् । उनको रुचि डाक्टर बन्ने भएपनि केही कारणले उनले यो विषय पढ्न पाइनन् । उनले भनिन्, ‘मानिसलाई जाँच्ने डाक्टर बनेको भए त्यति आनन्द आउँदैनथ्यो होला जति जनावरको ब्यवहारको डाक्टर बन्ने मौका पाएँ ।’ सन् २००१ मा सदर चिडियाखानामा संरक्षण शिक्षा अधिकृतमा रूपमा प्रवेश गरेसँगै जनावरहरूसँग नजिक हुने मौका पाइन् उनीहरूलाई पढ्न पाइन् । उनले भनिन्, ‘जनावरहरूसँग जति नजिक थिएँ त्यति नै मैले उनीहरूलाई बुझ्ने र पढ्ने मौका पाएँ ।’त्यतिबेला विद्यालयमा जनावरहरूका बारेमा शिक्षा दिनु, प्रशिक्षण दिनु, अवलोकनकर्ताहरूलाई जनावरहरूका बारेमा चेतना फैलाउनु मुख्य जिम्मेवारी थियो । यसका साथै जनावरको स्वास्थ्य तथा उनीहरूको मानसिक अवस्था ख्याल पनि गर्नु थियो । ‘जनावरहरू खुल्ला रूपमा हिँड्न र डुल्न रुचाउँछन्  उनीहरूलाई चिडियाखानामा मानसिक समस्या हुन्छ, उनी भन्छिन् ‘उनीहरूलाई व्यस्त बनाउने क्रियाकलाप गराउनुपर्छ, जस्तो कि’ चिडियाखानामा बाघ छ भने उसलाई व्यस्त राख्न खेल्ने ठाउँ उफ्रिने वालहरू निर्माण गरिदिनुपर्छ ।’


चिडियाखानामा शिक्षा अधिकृत, क्युरेटर हुँदै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेकी उनलाई निकुञ्ज सम्हाल्नु चुनौती नै थियो । आफ्नो अनुभवलाई फिल्डमा उतार्न आत्मविश्वासका साथ सौराहा पुगेकी थिइन् । उनलाई कार्यालयमा मात्र सीमित भएर पुग्दैन कहिले फिल्डमा खटिनुपर्छ त कहिले कर्मचारी व्यवस्थापनमा । उनको पेसाले समय भन्दैन रातदिन खटिनुपर्दछ । यस्तो बेलामा परिवारका सदस्य बुझ्ने भए सहज हुने उनको भनाइ छ । उनले भनिन्, ‘श्रीमान्को सहयोग र हौसलाले नै मलाई यहाँसम्म पु¥यायो, परिवारको साथले काम गर्ने हौसला र आँट सधै भरिदिन्छ ।’ निकुञ्जमा पुगेसँगै उनलाई समुदायसँग भिजेर काम गर्नुपर्ने हुन्छ । यसलाई उनले नयाँ कुरा सिक्ने अवसरका रूपमा पनि लिएकी छिन् । करिअरका लागि चाहिँ फिल्डमै बसेर काम गर्न रमाइलो लागेको छ उनलाई । सन् १९८९ मा राष्ट्रिय संरक्षण कोषअन्तर्गको जैविक विविधताले प्राकृतिक संरक्षण–अनुसन्धान वन्यजन्तुको वासस्थान, संरक्षणसँगै थुप्रै काम गर्दै आइरहेको छ । यसलाई नै उनले निरन्तरता दिइरहेकी छन् । समुदायसँगको सहकार्यमा उनले निकुञ्जलाई अगाडि बढाइरहेकी छन् । रचना पनि समुदायमा केन्द्रित भएर अगाडि बढेकी छन् । उनले अनुसन्धानको कामलाई नै प्राथमिकता दिएकी छन् । चेपाङ समुदायको जीवनस्तर उकासेकामा उनले गौरव गर्छिन् । ‘जीविकोपार्जनका लागि अवैध सिकारमा थियो चेपाङ बस्ती’ उनले भनिन्, ‘निकुञ्जले तालिम तथा गाई–बाख्रा दिएपछि उनीहरूको जीवनस्तर सुधारिएको छ ’ । जनावरहरूसँगको भावनात्मक सम्बन्धले अनुहारले नै उनीहरूलाई बुझ्ने भएकी छन् । उनले भनिन्, ‘उनीहरूलाई हेरेर उनीहरूको स्वभाव बुझ्ने भएकी छु । यसले आफूलाई सहज हुनुका साथै आत्मसन्तुष्टि पनि मिलेको छ । जनावरप्रतिको लामो सहकार्यका कारण जनावर परिवारका सदस्य झैं लाग्छन् । जनावरहरू स्वस्थ र फुर्तिला देख्दा उनलाई आनन्द लाग्छ । उनी भन्छिन्, ‘जनावरहरू आफ्नै बच्चाहरू जस्ता लाग्छन्, बिरामी हुँदा दीर्घायुको कामना गरी मृत्यु भए आत्मालाई शान्ति मिलोस् भन्छु ।’

 Image