Successfully Copied

घरमै रोजगार सिर्जना गरेकी सम्झना

लकडाउनको समयमा घरमा गुम्सिएको अवस्था थियो । थुप्रै उपाय खोज्दै जाँदा माला र पोते बनाउने सोच निकालें ।’ काम गर्न जाँगरिली उनले सुरुमा एउटा माला बनाइन् र दुई सय रुपैंयाँमा बेचिन् ।



विगत चार वर्षअघि कोरोना महामारीका कारण लकडाउन भयो । लकडाउन भएसँगै मानिसहरू घरमै बस्न बाध्य भए । घरमै बसेर गर्न सक्ने काम मानिसहरूले खोज्न थाले । बालकुमारीकी सम्झना पौडेलले पनि त्यो समयमा थुप्रै काम गरिन् । कहिले घर पेन्ट गरिन् त कहिले गमला बनाइन् । लकडाउन बढ्दै जाने क्रममा उनले आम्दानीको बाटो खोज्न थालिन् । घरमै बसेर आम्दानीको उपाय खोज्दै उनले माला र पोते बनाएर बेच्न थालिन् । उनले भनिन्–‘लकडाउनको समयमा घरमा गुम्सिएको अवस्था थियो । थुप्रै उपाय खोज्दै जाँदा माला र पोते बनाउने सोच निकालें ।’ काम गर्न जाँगरिली उनले सुरुमा एउटा माला बनाइन् र दुई सय रुपैंयाँमा बेचिन् । उनको व्यवसायको सुरुवात नै त्यही माला थियो । उनले साथीभाइलाई देखाइन् । साथीहरूले उनलाई हौसला दिए र भन्न थाले–‘हामीलाई पनि बनाइदिनुप¥यो । साथीहरूको अर्डर लिँदै मालाबाट उनले पोतेमा हात बढाइन् । माला र पोते बनाउन रमाउने उनले न्यूरोडबाट होलसेलमा सामान ल्याएर घरमा बनाउन थालिन् । कस्तो बनाउने बजारमा टे«न्ड कस्तो छ यसबारे उनी अपडेट हुन थालिन् । युट्युब र गुगल नै उनका डिजाइनका सहारा भए । उनले भनिन्–‘डिजाइनका लागि गुगल हेर्थें कतिपय डिजाइन भने आफ्नै तरिकाले पनि बनाँउथे ।’ 



उनले वेभ पोते, तान पोते, लावर पोतेजस्ता पोतेको डिजाइन गर्छिन् । बजारको ट्रेन्डभन्दा पनि सदाबहार प्रयोगमा आउने पोतेहरू बनाउन उनलाई सजिलो लाग्छ । फेसन छिटो परिवर्तन भइरहने र सानो लगानी हुने भएकाले उनलाई टे«न्डमा चल्न सहज भएन । डिजाइनमा भने आफूले फरकपन दिन खोजेको उनी बताउँछिन् । बजारमा चलेको भन्दा अलि फरक होस् भन्ने उनको चाहना हुन्छ । उनले आफूले मात्र पोते बुन्ने र बनाउने नभै १०–१२ जना महिलालाई काम दिएकी छन् । काठमाडौंदेखि काभ्रेपलाञ्चोकसम्मका महिलालाई काममा लगाएकी छन् । उनले पोतेको पिसअनुसार ज्याला दिने गर्छिन् । उनी भन्छिन्–‘यसरी अरूलाई काममा लगाउँदा उनीहरूले सिक्ने त भैहाले तर आफूले पनि गरेर खान सक्ने बनाएकी छु ।’ तयारी सामानहरू काठमाडौंदेखि बाहिरी जिल्लासम्म पुगेका छन् । व्यापारका लागि उनले डिजिटल प्लेटफर्म नै प्रयोग गरेकी छन् । केशरी नामक फेसबुक पेजबाट उनले बिक्री गर्छिन् । उनले भनिन्–‘अहिलेको सामाजिक सञ्जालमा मार्केटिङ गर्नदेखि व्यापार गर्न समेत सहज भएको छ । नेपाली ब्रान्डलाई विश्वास गर्नेहरूको संख्या पनि बढ्दैछ । नेपाली उत्पादन भनेर माया गर्नेहरूका कारण नेपाली सामग्री फैलदै गएको उनले बताइन् । हातले बनाएका उनका सामानहरू तीन सयदेखि तीन हजार रुपैयाँसम्मका छन् । उनले पोते रिङ, औंठी सेट नै बनाउछिन् । उनका अनुसार ग्राहकहरूले पनि सेट नै खोज्ने गरेका छन् । लुगाको सेटमा मिलाएर लगाउने हुनाले विभिन्न कलर डिजाइनको बनाउनुपर्ने उनी बताउँछिन् । उनले भनिन्–‘अहिलेको टे«न्ड म्याचिङको टे«न्ड छ त्यसैले पहिरनअनुसार ग्राहकहरूले सेटै खोज्छन् ।’ उनी एक्लैले होइन पार्टनरसीपमा व्यवसाय सञ्चालन गरेकी छन् ।

सुरुवातको समयमा परिवारको गाली खाएकी उनले अहिले भने सबैको साथ पाउन थालेकी छन् । श्रीमानले समेत सामान डेलिभरिमा सहयोग गर्छन् । सानो लगानीबाट सुरु गरेर पनि आफू बेरोजगार बस्न नपर्ने लागेको छ, उनलाई । तर पश्रिमअनुसारको बजार मूल्य नपाउँदा उनलाई दुःख लाग्छ । उनले होलसेल तथा रिटेलमा सामान बेच्ने गर्थिन् । रिटेलमा राम्रो आम्दानी भएपछि होलसेलले भने उचित मूल्य नपाएको उनले बताउँछिन् । उनले भनिन्–‘सामान लिएर गयो लगानी उठ्ने पैसा नदिन खोज्छन् । त्यसैले होलसेलसँग व्यापार गर्न कठिन छ ।’ नेपालमा श्रमको उचित मूल्य नभएको उनले बताइन् । दुई सय रुपैँया लगानीबाट सुरु भएको उनको व्यवसायमा लगानी पनि थपि“दै गएको छ । पार्टनरसीपमा उनले व्यवसाय चलाइरहेकी छन् । घरमै बसेर आम्दानी गरिरहेकी उनलाई घर खर्च पनि पुगेको छ । आफ्ना दुई सन्तानलाई विद्यालय पठाएर उनी काममा लाग्छिन् । सानो लगानीमा व्यवसाय गर्न सहज भए पनि अप्ठ्यारा पनि उत्तिकै छन् । नेपालमा भनेजस्तो सामान नपाउने हुनाले भनेजस्तो डिजाइन निकाल्न उनी सक्दिनन् । ग्राहकहरूले विभिन्न डिजाइन अर्डर गर्छन् तर त्यस्ता डिजाइन बनाउन नसकिने उनी बताउँछिन् । आफूले नयाँ डिजाइनमा काम गर्न खोज्दा डिजाइन कपी भइसक्ने समस्या पनि उत्तिकै रहेको उनको भनाइ छ । उनी भन्छिन्–‘प्रतिस्पर्धात्मक बजारमा नयाँ डिजाइनमा आफै मात्र काम गर्न चुनौती हुन्छ ।’

 Image