Successfully Copied

दुइ साथीको चप्पल उद्योग ‘आरा’

सबै साथीहरु बिदेश पुगिसकेको थिए । उनीहरुलाई यहि अवसर खोज्नु थियो । उनीहरुलाई ब्यवसायमा अगाडि बढ्न चुनौतीका चाङ थिए , तर उनीहरुले आत्माविश्वास गुमाएनन् आट गरे सकिन्छ उनीहरुलाई लाग्यो र अघि बढे ।


फेशनप्रति सचेत थिए बिशाखा राणा र आशंसा थापा । उनीहरु नयाँ नयाँ पहिरनहरु लगाउन रुचाउथे । बजारमा नया फेशन के छ कस्तो पछ्याइरहन्थे । पहिरन त पाउथे तर चप्पल जुत्ता भने जस्तो नपाउने । म्याचिङ गरेर लगाउन नपाउने पाए पनि टिक्दै नटिक्ने । उनीहरुलाई लाग्थ्यो भने जस्तै जुत्ता चप्पल ग्राहकहरुलाई पाउनै ग्राहो रहेछ । उनीहरु सगै एक अफिसमा अफिसमा काम गर्थे । इन्टरनेशनल मार्केटिङमा स्नाकोत्तर गरिरहेकी बिशाखा र एमबीए गरेकी आशंसाको ब्यवसायिक यात्रा तब मोडियो जब उनीहरुले भने जस्तै जुत्ता चप्पल पाउन सकेनन् । अब उनीहरुलाई कसरी आफूले भनेजस्तै जुत्ताचप्पल पाउन भन्दै एक जुत्ता फ्याक्टीमा अनुभव बटुल्न पुगे । बिशाखा भन्छिन् ‘हामीलाई साच्चिकै जुत्ताचप्पलले मोहले तानीसकेको थियो त्यसकारण पनि हामीले फ्याक्टीमा ६ महिना बितायौ ।’ 


उनीहरुलाई जुत्ता कसरी बन्छ, बजार कस्तो छ, डिजाइनिङ कसरी निकाल्ने यि सबै उनीहरुले रिसर्र्च गरे । सायद लकडाउन नभएको भए उनीहरुले अझै पनि त्यहि फ्याक्टीमा काम गर्थे होलान तर कोरोनाले त्यसमा टिक्न सहज भएन । कोरोना महामारीले फैलिएको लकडाउनका कारण उनीहरुलाई ब्यवसायिक बन्न प्रेरित ग¥र्यो । दुबै जनाको परिवारको इच्छा थिए छोरीहरु बैंकर बनुन् । आशंसा भन्छिन् ‘हामी दुबै जना ब्यवसायिक घरनाबाट थिएनौ त्यसैले पनि छोरीहरु उद्यमतिर लागुन भनेर परिवारको इच्छा नै थिएन । ’तर उनीहरुको पाइला भने उद्यमशीलतमा अघि बढिसकेको थियो । जसरी हुन्छ नेपाली उत्पादनमा जुत्ताचप्पल उत्पादन गर्नु । घरमा काम गर्ने अनुमति दिनुहुन्न भनेर उनीहरुको केहि समय घरमा भनेनन् पनि । आफ्नै सानो पैसा लगानी गरेर उनीहरुले सुरुमा सानो परिमाणमा जुत्ता निकाले त्यो पनि ग्राहकको डिमान्डमा । ग्राहकहरुले मन पराए पनि । ग्राहकले भनेकै रंग साइजमा उनीहरुले बिस्तारै चप्पलहरु बेच्न थाले कम्पनीको नाम राखे ‘आरा’ कम्पनी ।

सबै साथीहरु विदेश पुगिसकेको थिए । उनीहरुलाई यहि अवसर खोज्नु थियो । उनीहरुलाई ब्यवसायमा अगाडि बढ्न चुनौतीका चाङ थिए । घरपरिवारको बलियो साथ थिएन् । अरुले भन्दा केटीहरुले के गर्न लागे । रहर हो धेरै टिक्दैनन भनेर आलोचना पनि हुने गर्दथ्यो । तर उनीहरुले आत्माविश्वास गुमाएनन् आट गरे सकिन्छ उनीहरुलाई लाग्यो र अघि बढे । सुरुमा कालिगढ चलाउन उनीहरुलाई समस्या नै भयो । भाषा नबुझने, उनीहरुलाई नपत्याउने जस्ता समस्या भोगे । करिब २ बर्षको यात्रामा उनीहरुले अहिले महिनामा ८०० जोर बढी उत्पादन गरिरहेका छन् । स्यान्डल्स र स्लिपर्स बिभिन्न रंगहरुमा उपलब्ध छन् । उनीहरुले आफ्ना इच्छा अनुशार काम गर्न पाएकोमा दंग छन् । बिशााखा भन्छिन् ‘जागीर खाएको भए यति रमाइलो लाग्दैनथ्यो होला जति आफ्नो इच्छा अनुशार काम गर्दा लागेको छ । ’ महिला युवती लक्षित चप्पलहरु उत्पादन गर्नु उनीहरुलाई चुनौती पनि छ । फेशन परिवर्तन भइरहन्छ फेशन अनुसार मार्केटमा पुग्न चुनौती रहेको आकांशा बताउछिन् । उनी भन्छिन् ‘ ग्राहकहरुको माग र चाहाना अनुशार हामी मार्केटमा पुग्नुपर्दछ, एक ग्राहकले महिनामा फरक फरक डिजाइन खोज्ने गरेका छन् । ’


सुरुवाती दिनमा फल्याट मात्र बनाउने उनीहरु अहिले हिल पनि बनाउछन् । गुणस्तरमा ध्यान समेत उनीहरुले ध्यान दिएको बताउछन् । टिकाउको लागि भित्रको इनशोल डबल हाल्ने गरेको उनीहरु बताउछन् । ११ सय देखि २२०० सम्मका मुल्यमा पाउन सकिन्छ । उनीहरुलाई आफ्नो डिजाइन फरक बनाउनु पनि छ । बजारमा बिदेशी देखि स्वदेशी थुप्रै डिजाइन हुन्छन् । आफूलाई फरक र स्थापीत गर्नका लागि उनीहरुले धेरै मेहनत गरेको बताउछन् । डिजाइनका लागि उनीहरु वरिपरि जे देख्छन् त्यहि बनाउछन् । उनीहरु पहिलो डिजाइन बादललाई अंकित गरेर बनाए ।

झरी सिजन भएकाले बादललाई लिएर डिजाइन बनाएको बिशाखा बताउछिन् । त्यस्तै डिजाइनहरुमा ब्लाक कफी, फुड यिनिहरुलाई उनीहरुले अंकित गर्छन उनीहरु भन्छन् ‘पहिला हामी डिजाइन बनाउदौं त्यसपश्चात त्यो बनाउन सकिन्छ कि सकिदैन त्यो पनि हेर्छौ अरुभन्दा फरक र गुणस्तरमा ध्यान दिएर बनाउने गरेका छौं ।’ उनीहरुको डिजाइन आफूमा मात्र सिमित हुदैन बजारमा कपी गरेर बनाउनेहरु पनि भेटिन्छन् यो समयमा उनीहरुलाई दुख लाग्ने गरेको छ । बिशाखा भन्छिन् ‘कति दुख गरेर डिजाइन निर्माण गरेका हुन्छौ कसैले कपि गरेर बनाइदिन्छ दुख लाग्छ, एकपटक त हामीले झगडा गर्न नै पुगेका छौं । ’

उनीहरुले ग्राहकहरुलाई बेच्ने मात्र होइन आफ्नो ब्यवसायिक उत्तरदायित्व पनि पुरा गर्ने कोशिस गरेका छन् । जुत्ता चप्पल बिग्रिएमा साटने देखि बनाइदिने काम समेत गर्दछन् । धेरै मात्रामा अनलाइन मार्फत बेच्ने गरेका छन ग्राहकहरु शोरुम सम्म पनि पुग्ने पनि बढेका छन् । बिस्तारै उनीहरुले ब्यवसायिक सफलता साथै घरपरिवारको बिश्वास समेत जित्दै गइरहेका छन् । आकांशा भन्छिन् ‘अहिले त घरपरिवार पनि खुसी हुनुहुन्छ , हामीलाई सहयोग गर्नुहुन्छ, अरुले पनि हाम्रो कामलाई प्रशंशा गर्नुहुन्छ ’। उनीहरुको बजार काठमाडौंमा सिमित छैन पोखरा धरान, इटहरी शहरसम्म पुगिसकेको छ । अब भने उनीहरु पुरुष र बच्चाका लक्षित गरेर बनाउदै शोरुम खोलेर अगाडि बढ्नु छ ।


तस्बीर- महेशमान प्रधान

 Image