Successfully Copied

एकअर्काबाट सिक्दै अगाडी बढ्दै

प्रियंकारानीको मिस नेपालसम्मको यात्रा तय गर्दा उनका बुवाको साथ र सहयोग धेरै छ । उनी सानै हुँदा देखेको सपनासँगै उनका बुवाको सपना पनि जोडिएको थियो । प्रियंका सम्झन्छिन्, ‘म मिस नेपाल प्रतियोगिताबाट एकदमै प्रभावित थिएँ । मेरो चाहना बुझेर होला मिस नेपालका हरेक


प्रियंकारानी जोशी, मिस नेपाल वल्र्ड २०२२
बुवा–राजिवराज  जोशी, व्यवसायी
प्रियंकारानी जोशीलाई सानैदेखि मिस नेपाल बन्ने चाहना थियो । आफ्नो नामसँग मिस नेपाल वल्र्डको टाइटल जोड्न मन थियो । अन्ततः उनले पाँच वर्षपछि मिस नेपाल वल्र्डको ताज पहिरिइन् । ताज पहिरिएसँगै उनको परिचय फेरिएको छ । आउँदो नोभेम्बर महिनामा नेपालको प्रतिनिधित्व गर्दै उनी मिस वल्र्डमा भाग लिन जाँदैछिन् ।
प्रियंकारानीको मिस नेपालसम्मको यात्रा तय गर्दा उनका बुवाको साथ र सहयोग धेरै छ । उनी सानै हुँदा देखेको सपनासँगै उनका बुवाको सपना पनि जोडिएको थियो । प्रियंका सम्झन्छिन्, ‘म मिस नेपाल प्रतियोगिताबाट एकदमै प्रभावित थिएँ । मेरो चाहना बुझेर होला मिस नेपालका हरेक संस्करण हामी परिवारसँग बसेर टिभीमा हेथ्र्यौं । तर बुवाको पहिलो प्राथमिकता शिक्षा थियो । जुन पूरा गर्नैपर्छ ।’ उहाँ भन्नुहुन्थ्यो, ‘शिक्षा भनेको हतियार हो । शिक्षाले आत्मविश्वास बढाउँछ । तिमी जहाँ जाऊ संसारलाई फेस गर्दा शिक्षाअनिवार्य हुन्छ ।’

आजसम्म प्रियंकाका हरेक चाहना उनका बुवाले पूरा गरिदिएका छन् । ‘मेरो अभिभावक एकदमै बुझ्ने र सहयोग गर्ने भएकाले मैले जे गरेपनि ढुक्क हुन्छ । मैले चाहेको कुरामा कहिल्यै रोकतोक हुँदैन तर मैले गर्न लागेको सही हुनुप¥यो ।’ बुवाले सधैं उनको बाटो खोलिदिने होइन बाटो देखाइदिने, डो¥याइदिने, हात समाइदिने काम गरे । अगाडि बढ्ने क्रममा बाटोमा खाल्डो छ भने कसरी जम्प गर्ने सिकाइदिए । हरेक कुरामा व्यावहारिक निर्णय गर्न सिकाइदिए । बुवाले सानैदेखि हरेक कुरालाई माया गर्न सिकाउनुभयो । उनी भन्छिन्, ‘मलाई माया गर्न सिकाउने बुवा हो । उहाँले गर्ने केयर, आफ्नो वरिपरि भएकाहरूलाई गर्ने सम्मान देखेर हुर्कें । यसले मेरो व्यक्तित्व विकास भएको हो ।’

प्रिंयका समय मिल्नेबित्तिकै बुवासँग लङ ड्राइभमा जान्छिन् । ‘उहाँको ड्राइभिङ एकदमै राम्रो लाग्छ ।’ उनी सुनाउँछिन्, ‘मलाई रमाइलो गर्ने भन्नेबित्तिकै एकदमै शान्त, आनन्द होस् जस्तो लाग्छ । त्यसैले भागदौड र व्यस्त जीवनशैलीबाट टाढा बुवासँग लङ ड्राइभमा निस्कन्छु ।’ बाबुछोरीबीच डरभन्दा बढी माया, सद्भाव र सम्मान छ । उनी भन्छिन्, ‘कहिले बुवा अगाडि बढ्नुहुन्छ,कहिले म । यसरी नै जीवनको चक्र अगाडि बढ्छ । झगडाको कुरा गर्दा जेनेरेसन ग्याप बीचमा आउने रहेछ । उहाँले भोगेका आफ्नै अनुभव हुन्छन् । उहाँको परम्परागत समाज र मेरो अहिलेको सोचमा कहिलेकाहीँ तालमेल मिल्दैन । तर यो नोकझोकले उहाँ जवान हुनुहुन्छ भने म परिपक्व हुँदै जाने रहेछु ।’ यसलाई उनी सिकाइको बाटोको रुपमा लिन्छिन् ।  

तस्बिर–केशव थापा

 Image