Successfully Copied

पिता एक प्रेरणा

थिएटर कलाकार हुन्, आकांक्षा कार्की । उनले थुप्रै नाटकमा अभिनय कला पस्किसकेकी छन् । उनको पछिल्लो नाटक ‘ट्रान्जिट’ हो । सानैदेखि थिएटरमा रुचि राख्ने आकांक्षालाई यहाँसम्म आइपुग्न परिवारको ठूलो साथ र सहयोग छ । त्यसमा पनि बुवाको साथ अमूल्य छ ।


आकांक्षा कार्की, रंगकर्मी
बुवा–सन्तोष कार्की, पूर्व एअरोे नेटिकल इन्जिनियर सहायक रथी
थिएटर कलाकार हुन्, आकांक्षा कार्की । उनले थुप्रै नाटकमा अभिनय कला पस्किसकेकी छन् । उनको पछिल्लो नाटक ‘ट्रान्जिट’ हो । सानैदेखि थिएटरमा रुचि राख्ने आकांक्षालाई यहाँसम्म आइपुग्न परिवारको ठूलो साथ र सहयोग छ । त्यसमा पनि बुवाको साथ अमूल्य छ । आकांक्षा भन्छिन्, ‘बुवाको हामीप्रतिको जुन लगाव छ सायदै अरुमा नहोला । छोराछोरीको सपनालाई आफ्नो सपना बनाउने । छोराछोरीको प्यासनसँग आफू जोडिने । बिहान हामीसँगै उठ्ने, तयार हुने अनि सबैलाई आ–आफ्नो ठाउँसम्म पु¥याइदिने, ल्याइदिने ।’
उनको घरपरिवारका सदस्य कोही यस क्षेत्रमा छैनन् । आमा डाक्टर, बुवा रिटायर्ड आर्मी अफिसर । आमालाई तीन छोराछोरीमध्ये एकजना डाक्टर होस् भन्ने चाहना भने थियो । तैपनि छोराछोरीले रोजेको क्षेत्रमा साथ र सहयोग थियो । आमाबुवाको चाहना छोराछोरीले जुन क्षेत्र रोजे पनि त्यसमा शतप्रतिशत दिओस् र परफेक्ट होस् भन्ने सोच थियो । आकांक्षालाई बुवाको करियर यात्रादेखि कौसी थिएटर सञ्चालनमा ल्याउनसम्म भरपूर सहयोग मिल्यो । उनी भन्छिन्, ‘बुवाले प्रत्येक दिन बिहानै थिएटर सफा गरिदिनुहुन्छ । थिएटर बाहिर छरपस्ट भएका जुत्ता–चप्पल मिलाइदिनुहुन्छ । पार्किङ गर्न राखिएका मोटरसाइकल मिलाइदिनुहुन्छ ।’

हाम्रो समाजले महिला र पुरुषको भूमिकाको जुन अवधारणा बनाएको छ आकांक्षाको घरमा त्यसको ठीक विपरीत छ । उनी भन्छिन्, ‘मेरो घरमा उल्टो छ । आमा बुवाजस्तो, बुवा आमाजस्तो । ममी व्यावहारिक हुनुहुन्छ । कडा हुनुहुन्छ । स्थिर र मजबुत हुनुहुन्छ । बुवा संवेदनशील, माया गर्ने, केयरिङ स्वभाव । छोराछोरीलाई केही भयो भने चिन्ता गर्ने ।’ आकांक्ष्ाँलाई बुवाको स–साना कुरामा खुसी हुने बानी असाध्यै मनपर्छ । उनी भन्छिन्, ‘उहा“मा केही कुराको दम्भ वा घमण्ड छैन । साधारण मानिस भएर जिउनुहुन्छ । सबैजनालाई सहयोग गर्नुहुन्छ । अहिलेसम्म पनि सक्रिय हुनुहुन्छ । अरुमा निर्भर हुनुभएको छैन ।’

बुवाको अनावश्यक सोच्ने बानी आकांक्षालाई मनपर्दैन । उनी भन्छिन्, ‘कहिलेकाहीँ सोच्दासोच्दै धेरै सोच्नुहुन्छ ।’ त्यही कुरामा बाउछोरीको झगडा पनि पर्छ । उनले सानैदेखि आमाको भन्दा बढी बुवाको माया पाएर हुर्किइन् । सानो छँदा बुवा नै उनका लागि प्रेरक व्यक्ति हुनुहुन्थ्यो । आमाले गाली गर्दा, सम्झाउँदा होस् वा यसो गर, उसो नगर भन्दा होस्, त्यतिबेला उनलाई आमा नै छुच्ची जस्तो लाग्थ्यो । उनी हुर्कदै गइन् । उनले सबै बुझ्दै गइन् । आमा र बुवा दुवै उस्तै भएर हुँदैन रहेछ दुईमध्ये एक त व्यावहारिक हुनुपर्ने रहेछ भन्ने लाग्न थाल्यो ।
अब त आकांक्षाको विवाह भइसक्यो । तर उनीप्रति उनको बुवाको व्यवहारमा पटक्कै परिवर्तन आएको छैन । उही माया, उही केयर, उही लगाव, उही चिन्ता । आकांक्षा सुनाउँछिन्, ‘छोराछोरी जति ठूला भए पनि आमाबुवाका लागि त्यही सानी छोरी नै हुनेरहेछ ।’

 Image