Successfully Copied

भावना अभिव्यक्त गर्न नाटक -सरिता भुजेल

उनले भनिन्, ‘नाटकमा मात्र फोकस गर्न सकेमा रिजल्ट राम्रो आउँछ, आम्दानी पनि राम्रो हुन थालेको छ ।’



हेटौंडाकी सरिता भुजेललाई नेपाली नाटक र नाटकघर के हो थाहै थिएन । उनी काठमाडौं आएपछि उनकी एक साथीले उनलाई नाटक सिक्न र बुझ्न सुझाइन् । 

‘थिएटर’ पुगिन् र नाटक सिक्न थालिन् । नाटक सिक्न थालेपछि आनन्दको महसुस हुन थाल्यो । उनलाई लाग्यो आफूलाई बुझ्ने मौका पाएँ । आफूमा भएको ‘फिलिङ्स’ लाई कसरी बाहिर ल्याउने भन्नेबारे उनले सिकिन् ।

उनले भनिन्, ‘नाटक खेलेपछि आफूस“ग भएको फिलिङ्स र एक्सप्रेसन पनि काम लाग्दो रहेछ भनेर थाहा भयो ।’ नाटक नै नबुझेकी उनलाई नाटक लत नै बस्न थाल्यो ।

 उनले ‘तीनकुने’, ‘लाटीको छोरा’, ‘सिटामोल’ आदि नाटकदेखि थारू नाटकमा पनि खेलेकी छन् । जति नाटकमा उनले खेलिन् त्यति नै फरक अभिनय गरिन् ।

उनलाई नाटकमा रमाइलोका साथै कठिन पनि लाग्छ । उनले व्यवसाय पनि सम्हालिरहेकी छन् । उनले भनिन्, ‘नाटकमा मात्र फोकस गर्न सकेमा रिजल्ट राम्रो आउँछ, आम्दानी पनि राम्रो हुन थालेको छ ।’ 

पछिल्लो समय नाटकप्रति युवाहरूको मोह बढ्दै गएको उनले देखेकी छन् ।

 ‘थिएटर’ मा ‘करिअर’ बनाउन होस् कला सिक्न युवाहरू आउने ‘टे«न्ड’ बढेको उनको भनाइ छ । ‘सिरिज’ बनाउनेदेखि चलचित्रमा ‘कास्टिङ’ निर्देशकको भूमिका निर्वाह गरेकी उनले ‘थिएटर’ मा रमाउन सके समाज बुझ्न सकिने बताइन् ।

 Image