Successfully Copied

सुष्माको गल्फ खेल्ने रहर

‘मैदानमा उत्रिएपनि एकदमै फोकस भएर खेल्नुपर्ने हुन्छ, फोकस आउट भए खेलाडी सफल हुन सक्दैनन्,’उनले भनिन्, ‘यो खेल बलले भन्दा पनि ट्रिकले खेल्ने भएकाले सचेत भएर खेल्नुपर्छ ।’


काठमाडौंकी सुष्मा सिंहलाई गल्फ खेल धेरै पहिलेदेखि मन पथ्र्याे । गल्फ खेल्ने र हेर्ने रहर पनि उनको उस्तै थियो । आफूमा पलाउँदै गएको यही चाहनालाई उनले मैदानमा उतार्न लागिपरिन् । गल्फ खेल्न थालिन् । केही समय त यो खेल अनौठो लाग्यो । बल, होल यस्ता शब्दहरूले उनलाई थप जिज्ञासा बढ्न थाल्यो । पेसाले ‘फेसन डिजाइनर’ उनी खेलका लागि समय निकाल्न थालिन् ।

खेल्न थालेको छ महिनामै ‘बाह«खरीको गल्फ’ प्रतियोगितामा उपाधि जितिन् । केही महँगो भए पनि उनलाई यो खेलले आत्मसन्तुष्टि मिलेको छ । यो खेलमा उनीसँग धेरै मानिसको चिनजान भएको छ । शारीरिक र मानसिक रूपमा उनलाई फुर्तिलो बनाएको छ । उनले खेलबाट धेरै कुरा सिकेको बताइन् ।

गल्फ खेलाडीहरूमा फोकस आवश्यक रहेको उनको भनाइ छ । ‘मैदानमा उत्रिएपनि एकदमै फोकस भएर खेल्नुपर्ने हुन्छ, फोकस आउट भए खेलाडी सफल हुन सक्दैनन्,’उनले भनिन्, ‘यो खेल बलले भन्दा पनि ट्रिकले खेल्ने भएकाले सचेत भएर खेल्नुपर्छ ।’ केही महँगो भएपनि उनलाई सकेसम्म खेल्न रहर छ । ‘आरएनएसी’मा सिक्ने उनी आफूलाई फिट राख्नमा सधै अग्रसर छिन् ।

व्यावसायिक रूपमा पनि यो खेललाई अगाडि बढाउन सकिने उनले बताइन् । आममानिसहरूमा यो चेतना अझै पूरा हुन सकेको छैन । बिस्तारै यो खेल अन्तर्राष्ट्रिय र व्यावसायिक हुँदै गएको उनको प्रतिक्रिया छ । खेलाडीहरूलाई दिइने पुरस्कार र अफरले पनि खेलाडीलाई व्यावसायिक रूपमा अग्रसर हुन उत्प्रेरित गराउन सकिन्छ ।

 Image