काठमाडौंकी तारा कार्की ‘गल्फ क्यारी’ का रूपमा काम गर्दै थिइन्। राम्रो कमाइ रोज्दै उनी ‘गल्फ क्यारी’ बनेकी हुन् ।
उनका अनुसार दिनमा दुईदेखि तीन हजारसम्म कमाइ हुन्थ्यो । उनी बिस्तारै गल्फ बुझ्न र खेल्न थालिन् । विभिन्न टुर्नामेन्टमा सहभागी हुन थालिन् । उनी थुप्रै गेममा सहभागी भइसकेकी छन् । पहिलोपटक उनी अन्तर्राष्ट्रिय स्तरको खेलमा बंगलादेशमा सहभागी भएकी हुन् ।
गल्फ खेल्न उनलाई श्रीमान् गोपाल चित्रकारले हौसाएका हुन् । उनले भनिन्, ‘मेरो रहर त थियो तर श्रीमान्को हौसलाले यो क्षेत्रमा आएकी हुँ । गल्फ खेल्ने सीमित महिला खेलाडीहरू छन् । महिलाहरू पनि यो खेलमा राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा सहभागी हुन सक्छन् भनेर स्थापित हुँदै गएको छ । सीमित ठाउँमा र महँगो खेल भएकाले पनि यो खेलबारे जनचेतना नभएको उनको भनाइ छ ।
यसमा प्रयोग हुने सामानहरूको मूल्य महँगो हुन्छ । एउटा लठ्ठीलाई एक–दुई लाखसम्म पर्छ । बलको सात सय पर्छ । कति हराउँछन्, तिनको हिसाबै हुँदैन । पञ्जा क्याप सबै महँगो हुन्छ । यो खेल प्यासनका रूपमा अगाडि बढेको छ । टुर्नामेन्ट सदस्य बन्नका लागि नै दुई–तीन लाख तिर्नुपर्छ ।
महिला भएर महिनावारीको समयमा केही कठिन हुने गरेको उफ्रिने वा बल समाउनेकुराले पनि खेलमा केही समस्या हुने गरेको छ । रहरका लागि खेले पनि यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन चुनौती छ । यो खेललाई सबैले बुझ्न नसक्दा यसलाई अगाडि बढाउन सकिएको छैन ।’