मनोपरामर्शदाता तथा 'साइकोथेरापिस्ट' सजिना ढुंगानाले समाजमा स्थापित गलत मान्यता हटाउँदा पनि महिलालाई मानसिक स्वस्थ बनाउन सकिने बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा बोल्दै उनले पछिल्लो समय महिलाहरुले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या स्पष्ट रुपमा राख्ने गरेको बताइन् ।
'हाम्रो समाजमा स्थापित कतिपय मान्यताभित्र नपरे पनि सही हुन सक्छौं, खुसीका साथ बाँच्न सक्छाैं, बच्चा नहुँदा पनि इज्जतका साथ बाच्न सक्छौं भन्ने परिपाटी स्थापित हुन जरुरी छ,' उनले भनिन् 'बच्चा नभएकालाई पनि उचित मनोपरामर्श जरुरत छ ।' एन्जाइटीको पीडा पनि समाजका स्थापित गलत मान्यताको उपज भएको उनले बताइन् । परिवार र समाज सबैको सहयोग भएमा सहज रुपमा मनोरोगबाट मुक्त मिल्ने ढुंगानाको भनाइ छ ।
मानसिक स्वास्थ्यबारे सही परामर्श नपाउने महिलाहरुको संख्या पनि धेरै रहेकाले त्यसतर्फ राज्यको ध्यान जानुपर्ने उनले बताइन् । आफूसँग आएका कतिपय महिलाले पनि बीचमै परामर्श छाड्ने गरेको उनले स्पष्ट पारिन् । 'प्राय: महिलाहरु समस्या लिएर एक्लै आउने गरेका छन् । कतिपयले त श्रीमान नआउने भनेर जवाफ पनि दिने गरेको पाइन्छ,' उनले भनिन् 'विवाहअगाडि आउँदा केटा साथीले एकदमै सपोर्ट गरेको पाइन्छ, पछि श्रीमान श्रीमती भएर आउँदा पहिलेको जस्तो सपोर्ट वा माया नभएकोजस्तो पनि देखिन्छ ।'
साइकोथेरापी गरेर पनि कतिपय मनोरोगका समस्या समाधान हुने भएकाले यसप्रति परिवारले नै सहयोग गर्नुपर्ने उनले बताइन् । मनोरोगको समाधानका लागि सामाजिक, आर्थिक, सांस्कृतिक अन्तरव्यक्तित्व रुपमा पनि सहयोग हुनुपर्नेमा ढुंगानाले जोड दिइन् ।
रियालिटी शो रिभुलुस्नरी एग्रीकल्चर वार (रअ) को पहिलो सिजन सम्पन्न
रियालिटी शो रिभुलुस्नरी एग्रीकल्चर वार (रअ) को पहिलो सिजन सम्पन्न
विश्वकै पहिलो कृषि गेम रियालिटी शो रिभुलुस्नरी एग्रीकल्चर वार (रअ) को पहिलो सिजनको नतिजा घोषणा गरिएको छ ।
किसानतर्फ लक्ष्मण केसी तथा कृषि प्राविधिकतर्फ समृद्ध भन्तना विजेता घोषित भएका छन् ।