Successfully Copied

'पोस्टपार्टम डिप्रेसन' के हो? यसका बारेमा वकालत जरुरी छ : अधिवक्ता सुबेक्ष्या पोखरेल

निर्भीक नारी

अधिवक्ता सुबेक्ष्या पोखरेल फ्रिडमले आमा बन्ने सबै महिलाहरूमा 'पोस्टपार्टम डिप्रेसन'(सुत्केरीपछि हुने डिप्रेसन)का बारेमा वकालत गर्न जरुरी रहेको बताएकी छिन् ।

बुधबार नारी मासिकले आयोजना गरेको 'निर्भीक नारी' को 'स्वस्थ महिला, सबैभन्दा पहिला' सत्रमा बोल्दै उनले यो एउटा अवस्था भएकाले सबै महिलाले जान्नेपर्ने बताइन् । उनले भनिन् ‘म सुत्केरी भएका बेला यो अवस्था परामर्शले ठीक हुन्छ भनेर कसैले बताएन । मैले गुगलबाट यो कुराको बारेमा जानेँ ।'


ग्रामीण भेगका महिलामा सुत्केरीपछि आउने चिन्ताका बारेमा सचेतना तथा परामर्श कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, 'ग्रामीण भेगमा रहेका इन्टरनेटमा पहुँच नभएका महिलाहरूको अवस्था के होला ?यो एकदम सिरियस इस्यु हो । '

'सुत्केरीका २–३ महिना मैले आमा बन्नै बिर्सिसकेकी थिएँ,’उनले आफ्नो डिप्रेसन चरणको अनुभव सुनाउँदै भनिन्, ,मेरो सर्जरीबाट बच्चा जन्मिएको हो । यहाँ त दूध नआउनु र बच्चाको को दूध खुवाउने आमाले अनेकन सुन्नुपर्ने हुन्छ । बच्चा रुँदा पनि रिस उठ्थ्यो । म रुन्थेँ।’

उनले अरु महिला पनि यसबाट पीडित हुन्छन् भन्ने थाहा पाएपछि राहतको सास फेरेको र अरुलाई पनि यसबारे जानकारी गराउनुपर्छ भन्ने वकालत गर्दै आइरहेको बताइन् ।

 Image