Successfully Copied

सरकार बिरुद्ध युवतीहरु

लकडाउनको अबज्ञा गर्दै हजारौं युवायुवतीहरु अहिले सरकारको बिरुद्धमा सडकमा उत्रिरहेका छन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउन, परिक्षण, राहत, खर्च जस्ता विषयमा असन्तुष्टि देखाउदैं उनीहरु सडकमा उत्रिएका हुन् ।

बालुवाटरवाट शुरु भएको बिरोध प्रदर्शन अहिले देशका प्रमुख शहरहरुमापनि हुन थालेको छ । नेतृत्व विनै उनीहरु सरकारलाई खबरदारी गर्न स्वस्फूर्त रुपमा सडकमा उत्रिएका हुन् । समाजिक संजालवाट समूह बनाएर सडकमा उत्रिएका प्रदर्शनकारीहरुमा अधिकांश युवा अवस्थाका रहेका छन् । उनीहरु आफैंले प्लेकार्ड बनाएर आएका छन् । जसमा युवतीहरुको संख्या पनि उल्लेख्य रहेको देखिन्छ ।

सरकारले निषेधित क्षेत्रमा प्रदर्शन गर्नेलाई रोक्ने प्रयास गरेपछि अहिले युवाहरु शहरका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत माग राखेका छन् ।

 Image