Successfully Copied

ब्यागले बताउँछ महिलाको स्वभाव

चिटिक्क परेको, राम्रो र स्टाइलिस पर्सले लुक्सलाई पूर्णता मात्र प्रदान गर्दैन, बरु त्यसले आफ्नो पर्सनालिटी र स्वभावका विषयमा समेत धेरै कुरा भनिरहेको हुन्छ । विभिन्न ब्याग बोक्ने महिलाहरूको ब्यागसँगै झल्कने व्यक्तित्व र स्वभाव फरक–फरक हुन्छ ।

चिटिक्क परेको, राम्रो र स्टाइलिस पर्सले लुक्सलाई पूर्णता मात्र प्रदान गर्दैन, बरु त्यसले आफ्नो पर्सनालिटी र स्वभावका विषयमा समेत धेरै कुरा भनिरहेको हुन्छ । विभिन्न ब्याग बोक्ने महिलाहरूको ब्यागसँगै झल्कने व्यक्तित्व र स्वभाव फरक–फरक हुन्छ ।

बाउलिङ ब्याग

यस्तो ब्याग मन पराउने महिला निकै बलिया र सचेत हुन्छन् । उनीहरूलाई कसैले पनि कुनै पनि विषयमा बेवकुफ बनाउन सक्दैन । यस्ता महिला अरूलाई पछ्याउनुभन्दा आफैले आफ्ना लागि बाँच्ने खालका हुन्छन् । यिनीहरू फेसनेबल देखिन आफैं नयाँ–नयाँ शैली सिर्जना गर्छन् । यस्ता महिलाहरू नरम तथा साथीभाइ भनेपछि हुरुक्क हुने खालका हुन्छन् ।

 

क्लच

सानो हाते ब्याग (क्लच) बोक्ने महिलाहरू क्लासिकल हुन्छन् । जसरी क्लचलाई यिनीहरूले आत्मविश्वासका साथ बोक्छन्, त्यसैगरी आफूलाई मन परेको कुरा वा व्यक्तिलाई उनीहरू सदैव आफ्नो मनको नजिक राख्न रुचाउँछन् । यिनीहरू अरूलाई प्रभाव पार्न सिपालु हुन्छन् ।

टाट ब्याग

यस्तो खालको ब्याग खासगरी किशोरी वा युवतीहरू बोक्न चाहन्छन् । टाट ब्याग बोक्ने महिलाहरू रमाइलो गर्न मन पराउने, व्यवहारिक तथा व्यस्त जीवन रुचाउने स्वभावका हुन्छन् ।

ओवर साइज्ड ब्याग

यस्तो ब्याग बोक्ने महिलाहरू व्यवहारिक हुन्छन् । घमन्ड मन नपराउने यस्ता महिलाको व्यवहार निकै मिलनसार एवं मृदुभाषी हुन्छ ।

अन्डर द सोल्डर ब्याग

यस्ता खालका ब्याग बोक्न मन पराउने महिलाहरू सधैं पृथक् छनोट गर्छन् । यिनीहरूमा आफूलाई पृथक् देखाउने चाहना हुन्छ । यस्ता महिलामा उच्च आत्मविश्वास हुन्छ । यस्ता ब्याग बोक्ने धेरैजसो महिला अफिसर लेभलका हुन्छन् ।

बेकपेक ब्याग

यस्तो ब्याग बोक्ने महिलाहरू सक्रिय एवं घुमघाम भनेपछि हुरुक्क हुने खालका हुन्छन् । यिनीहरू जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहन्छन् यद्यपि आरामदायक जीवन यिनीहरूको पहिलो छनोट हुन्छ ।

जिप्स एन्ड ज्वेल्स ब्याग

धेरै जिप र गहनाजस्ता वस्तुले सिंगारिएको हेर्दै महँगो लाग्ने ब्याग बोक्ने महिलाहरू हरेक काममा जोखिम मोल्न मन पराउने खालका हुन्छन् । यस्ता महिलामा भविष्यमा के होला भन्ने कुरा नसोची काम गर्ने स्वभाव हुन्छ । यिनीहरूको मनमा भोलि के होला भन्ने डर अलिकति पनि हुँदैन । यस्ता महिला कुरा मिलाउन माहिर हुन्छन् र गल्ती गर्ने जोसुकैलाई तुरुन्तै माफी दिने खालका हुन्छन् ।

मेसेन्जर ब्याग

यस्ता ब्याग बोक्ने महिला तनावबाट टाढै बस्ने खालका हुन्छन् । यिनीहरू धैर्यशील रहन्छन् र हतारमा कुनै काम गर्दैनन् । काम गर्नुअघि निकै विचार गर्छन् ।

अनयुज्वल ब्याग

अनयुज्वल ब्याग प्रयोग गर्ने महिलाको स्वभाव भावुक हुन्छ । यस्ता महिलाले आफन्तहरूलाई निकै महत्व दिन्छन् । यिनीहरू सुरक्षित जीवनको चाहना राख्छन् ।

 Image