ऊर्जा क्षेत्रका महिला
ऊर्जाका प्रथम प्रयोगकर्ता महिला भए पनि ऊर्जा क्षेत्रमा महिला सहभागिता कम छ । नेतृत्व तहदेखि तल्लो तहसम्मै यो संख्या न्यून देखिन्छ । यद्यपि पछिल्लो समय कम्पनी ऐनले पब्लिक लिमिटेडका कम्पनीमा एक महिला सञ्चालक अनिवार्य राखिएकाले सहभागिता आशालाग्दो छ ।







