Successfully Copied

साउनमा कस्ता सारी ?

साउन महिनासँगै विभिन्न चाडपर्वको आगमन हुन्छ । चाडपर्वको माहोलले स्वाभाविक रूपमा परम्परागत पहिरनको माग गर्छ । साउनमा भगवान् शिवजीको पूजाआजा गर्नुका साथै सोह्र श्रृंगार गर्नु शुभ मानिन्छ ।


साउन महिनासँगै विभिन्न चाडपर्वको आगमन हुन्छ । चाडपर्वको माहोलले स्वाभाविक रूपमा परम्परागत पहिरनको माग गर्छ । साउनमा भगवान् शिवजीको पूजाआजा गर्नुका साथै सोह्र श्रृंगार गर्नु शुभ मानिन्छ ।


फेसन डिजाइनर इच्छा पोखरेलका अनुसार चाडपर्वमा सबैभन्दा बढी रुचाइने पहिरन सारी हो । उनी भन्छिन्, ‘हुन त लेहेंगा, कुर्ता–सलवारदेखि गाउनसम्मका धेरै विकल्प छन् । तर सारीले जस्तो आकर्षक लुक अरुले पहिरनले दिँदैनन् ।’ उनका अनुसार चाडपर्व होस् वा विवाह पार्टी, हरेक अवसरमा सुन्दर देखिन सारी सबैभन्दा उपयुक्त पहिरन हो । ‘हरेक चाडपर्वमा एउटै डिजाइनका सारी लगाउँदा बोरिङ देखिन्छ, त्यसैले परम्परागत पहिरनलाई मोर्डन टच दिन सकिन्छ,’ उनी भन्छिन्, ‘फरक–फरक डिजाइनका सारीले स्टाइलिस लुक दिन्छ ।’ गौरञ्ज सारिज बुटिक धुम्बाराहीकी सञ्चालक समेत रहेकी पोखरेलले पछिल्लो समय ट्रेन्डमा रहेका सारीका केही डिजाइनबारे सुनाइन् ।


कान्जीवरम सारी
यो नेपालमा भर्खरै भित्रिएको र ग्राहकले एकदमै रुचाएको सारी हो । भारतीय सरकारले सर्टिफाइड गरेको सिल्क मार्क यो सारीले रोयल लुक दिन्छ, जुन भारतको हैदराबादमा तयार हुन्छ । यो सारी भारतमा लामो समयदेखि फेसनमा छ । अझ केही वर्ष यसलाई रुचाइने फेसन विज्ञहरू बताउँछन् । यो सारीमा ब्लाउजको सेट नै पाइन्छ तर धेरै रङमा हुँदैन । हल्का रङमा पाइने यो सारीको पारीमा गोल्डेन, सिल्भर र रातो रङ हुन्छ । कान्जीवरम सारी एकदमै आकर्षक देखिनुका साथै हल्का र सजिलो हुन्छ । नेपाली बजारमा यसको मूल्य ३५ हजारदेखि १० लाखसम्म पर्छ ।

फ्लावर प्रिन्ट (लखनउ चिकनकरी)
भारत लखनउको चिकनकरी सारी प्रसिद्ध मानिन्छ । सदियौंदेखि चल्तीमा रहेको यो सारी त्यहाँको कला र संस्कृतिको पहिचान पनि हो । यो शिल्पकला सदियौं पुरानो परम्परा हो । लखनउमै बन्ने यो सारीमा हातैले विभिन्न प्रकारको कढाइ गरिएको हुन्छ । शुद्ध जर्जेटको फेब्रिकमा हुन्छ, जुन नेपालको मौसममा उपयुक्त मानिन्छ । यसको डिजाइन पनि ग्राहकले निकै रुचाउने गरेको व्यापारी बताउँछन् । क्रिम र सेतो पेस्टल सेडमा उपलब्ध यो सारी डार्क सेडमा भने आउँदैन । यसमा सादा रङको ब्लाउज लगाउन सकिन्छ । यो सारीको मूल्य ३० देखि ५० हजार रुपैंयाँसम्म पर्छ ।


टिस्यु फेब्रिक हेन्डवर्क कुर्ता
यो टिस्यु फेब्रिकमा बनेको पार्टी वेयर सुट पिस हो । यो शुद्ध फेब्रिक टिस्यु अर्गेन्जा र जर्जेटमा बन्छ । चाडपर्वका लागि उपयुक्त यो कुर्ता एकदमै आकर्षक देखिन्छ । यसको मूल्य १५ देखि २५ हजार रुपैंयाँसम्म पर्छ ।


पाकिस्तानी सुट
पछिल्लो समय पाकिस्तानी सुट एकदमै लोकप्रिय बनेको छ । यो विश्वमै सबैभन्दा स्टाइलिस इथ्निक वेयरमा पर्छ । पाकिस्तानसँगै भारत र नेपालमा पनि यसको क्रेज ग्राहकहरूमा देख्न सकिन्छ । पाकिस्तानी सुट चाडपर्व, विवाह र विभिन्न पार्टीमा लगाउन सकिन्छ । यो पहिरन फेसनेबल देखिनुका साथै हल्का र सहज हुन्छ । प्रसिद्ध फेसन डिजाइनर मारिया बी, साना ससिना, कलमकार, अघानुरद्वारा डिजाइन गरिएको यो कुर्ता सुट पाकिस्तानमा बन्छ । यो ब्रान्डको डिजाइन प्रि–अर्डर पनि गर्न सकिन्छ । अर्डरअनुसारको डिजाइनमा पनि बन्ने यसको मूल्य १० देखि २५ हजार रुपैंयाँसम्म पर्छ ।


साउनका लागि सारी
साउन र तीजको अवसरका लागि रातो, हरियो, पहेंलो फूलबुट्टे सारी डिजाइन गरिएको छ । राम्रो र गुणस्तरीय डिजाइनका यस्ता सारी उपहार दिनका लागि पनि उपयुक्त हुन्छ । यो एक हजारदेखि तीन हजार रुपैंयाँसम्ममा पाइन्छ । 

 Image