‘द माउन्ट एभरेस्ट फेसन रनवे’
विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो ।
नेपाली ब्रान्ड ‘कासा’ ले ‘काठमाडौं फेसन गाला’ रेड कार्पेट इभेन्ट सम्पन्न गरेको छ । इभेन्टमा १४ जना सेलिब्रेटीसहित ‘मिस नेपाल वर्ल्ड’, ‘मिस युनिभर्स नेपाल’ लगायतले क्याट वाक गरेका थिए । संस्थाकी संस्थापक तथा संचालिका रमिला नेमकुलका अनुसार ‘कासा’ ले यसअघि विश्वकै अग्लो स्थानमा ‘माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरी दुई पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइसकेको छ ।





