मिस ग्रान्ड इन्टरनेशनलमा नेपालको राष्ट्रिय पोशाक ‘तेजोमण्डितः’ सार्वजनिक
मिस ग्रान्ड इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गरिरहेकी जेसिका सिंह ठाकुरीले आफ्नो भव्य राष्ट्रिय पोशाक “तेजोमण्डितः” सार्वजनिक गरेकी छिन् ।
विश्वमा नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्यसहित सगरमाथाको कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ आयोजना गरियो । उक्त फेसन सो ५ हजार ६ सय ४४ मिटरको उचाइमा भएको हो । १० देशका मोडेल नेपाली मौलिक फाइबरले बनेका कपडा तथा आभूषणमा सजिएर फेसन रनवेमा प्रस्तुत भएका थिए । पहिरनको थिम भने ‘विन्टर कलेक्सन’ रहेको थियो । यसको संयोजन फेसन डिजाइनर रमिला नेमकुलले गरेकी थिइन् । उनको यो दोस्रो पटक ‘माउन्ट एभरेस्ट फेसन रनवे’ हो । यसको पहिलो संस्करण गत वर्षको पुसमा सम्पन्न भएको थियो । कासा र आरबी डायमण्डको संयुक्त आयोजनामा नेपाल भ्रमण वर्ष–२०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त सो भएको थियो ।



