Successfully Copied

पृथक शैलीको आइइसी रेड डे 

आइइसी कलेज अफ आर्ट एण्ड फेशनको ‘आइइसी रेड डे–२०१९’ सम्पन्न भएको छ । आइइसी कलेजले हरेक बर्ष आयोजना गर्ने यस रनवे कार्यक्रममा विद्यार्थीहरुले पृथक शैलीमा राता रंगका पहिरन शोकेश गर्ने गर्दछन् ।

आइइसी कलेज अफ आर्ट एण्ड फेशनको ‘आइइसी रेड डे–२०१९’ सम्पन्न भएको छ । आइइसी कलेजले हरेक बर्ष आयोजना गर्ने यस रनवे कार्यक्रममा विद्यार्थीहरुले पृथक शैलीमा राता रंगका पहिरन शोकेश गर्ने गर्दछन् । आइइसीमा अध्ययनरत इन्टेरियर तथा फेशन डिजाइनिङका विद्यार्थीहरुद्धारा डिजाइन गरिएका राता रंगका वेयरएवल तथा डिजाइनर्स पहिरन हरु रेड डे मा प्रस्तुत गर्ने गरिन्छ । वेलकम डान्सबाट शुरु भएको यस पटकको आइइसी रेड डे बिगतको तुलनामा ग्राण्ड देखिन्थ्यो । बाह्रवटा सिक्वेन्समा बिभाजित उक्त शोका सबै पहिरन राता रंगका थिए ।

 डिजाइनर तथा वेयरएवल दुबै किसिमका पहिरन प्रस्तुत गरिएको यस शोमा विद्यार्थीहरु आफ्नै सृजनामा ऱ्याम्पमा क्याटवाक गरिरहेका थिए । यस्ता शोले युवाको चौतर्फी विकाशमा अहम भुमिका खेल्ने बताउंदै आइइसी गु्रपकी कार्यकारी निर्देशक शैलजा अधिकारी भन्छिन्–‘डिजाइनरमा आत्मविश्वासको आवश्यकता हुन्छ । 

मेकअप, ड्रेस डिजाइन, ऱ्याम्पवाक लगायतका चौतर्फी बिधामा विद्यार्थीलाई आत्मविश्वासी बनाउन यो गरिन्छ । सन् २००७ देखी यस्ता क्रियटिभ कार्यक्रम आयोजना गर्न थालेपछि बिद्यार्थीहरुमा चौतर्फी आत्मविश्वास र सृजनशिलता थपिदै गएको महसुस गरेका छौं ।’ ऱ्याम्प वाक र पहिरन प्रस्तुती बाहेक कार्यक्रममा परम्परागत नृत्य, सम्मान बितरण तथा इन्टेरियर प्रकृया सम्बन्धी भिडियो समेत प्रस्तुत गरिएको थियो । 

आईइसीका फेशन कलेजका डिजाइनिङतर्फका २ सय ९४ तथा इन्टेरियर तर्फका १ सय ३५ जना   विद्यार्थीे सहभागी रेड डेमा फेशन तर्फ पाल्देन दोर्जी शेर्पा विनर, आलोक अर्याल फस्ट रनरअप, मीराज हुसैन सेकेण्ड रनरअप तथा अञ्जिला श्रेष्ठ र बिमला नापितले अपकमिङ डिजाइनरको अवाड हात पारे । 

त्यसैगरी इन्टेरियरतर्फ समुह २ का सुमित श्रेष्ठ, प्रनिता श्रेष्ठ, प्रिया शर्मा काफ्ले तथा सोनाम शेर्पा विनर, फस्ट रनरअपमा समुह १ का रेश्ना महर्जन, दिक्षान्त पण्डित, शिष्टा चित्रकार तथा बिनी महर्जन , सेकेण्ड रनरअपमा समुह ९ का मुना परियार, शुष्मा महतो, सुरबिना तामाङ, किशन सुबेदी र समुह–३० का गिर्वान शेरचान, रितु खड्का, दिपेशराज जोशी, सृष्टि श्रेष्ठ, अखिल कोचर तथा अनृुशा मानन्धर ले अपकमिङ डिजाइनरको अवार्ड हात पारे ।  

 Image