ट्रेन्डमा ‘स्टाइलिस्ट’ ब्याग
हाते ब्याग हरेकको आवश्यकता नै हो । धेरैले यसको प्रयोग सामान बोक्नका लागि गर्छन् । पछिल्लो समय भने यो ‘स्टाइल’ र ‘स्टाटस सिम्बोल’ को साधन बनेको छ ।
चितवनको भरतपुरस्थित फेमिना ब्युटिपार्लरले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर नेपाली परम्परागत विवाह तथा नेपाली संस्कारी बेहुली थिममा फेसन शो प्रस्तुत गरेको छ ।
उक्त अवसरमा ब्युटिपार्लरमा बेहुलीको मेकअप गरेर विवाह गरेका बेहुली तथा मेकअप कोर्स गरिरहेका विद्यार्थीहरू बेहुलीको पहिरनमा र्याम्पमा उत्रिएका थिए ।
यो कार्यक्रममा लोक गायिका सरिता गुरुङ श्रेष्ठ तथा राजकुमार लामाको प्रस्तुति समेत समेटिएको थियो भने निर्माता, निर्देशक एवं कलाकार दीपाश्री निरौलाको सहभागिताले कार्यक्रममा आकर्षण थपेको थियो ।