Successfully Copied

तीजको मेकअप

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ । यसका लागि सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार, घाँटी तथा कानमा राम्रोसँग लगाउनुपर्छ जसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ ।

तीजमा हल्का तथा वाटरप्रुफ मेकअप गर्नु उपयुक्त हुन्छ । तीजमा बढी नाचगान गरिने भएकाले पसिना पनि बढी आउँछ जसले गर्दा मेकअप पखालिने डर हुन्छ । यसका लागि सर्वप्रथम आफ्नो छाला सुहाउँदो क्रिम, प्राइमर अनुहार, घाँटी तथा कानमा राम्रोसँग लगाउनुपर्छ जसले मेकअपलाई लामो समयसम्म टिकाएर राख्छ । त्यसपछि स्किन कलरको पेनस्टिक वा कन्सिलर दाग भएको ठाउँमा लगाएर हलुका हातले मिलाउने अनि छालाअनुसारको फाउन्डेसन छानेर त्यसमा क्रिम मिसाई पूरै अनुहार, घाँटी तथा कानमा दल्ने ।

साइनिङका लागि लिपिस्टिकमाथि वाटर कलरको लिपग्लस लगाउने, केशको डिजाइन गर्दा अगाडि थोरै बफ उठाएर साइड सिउँदो बनाउने र लाछा लगाएर बाट्ने । केशको साइडमा चन्द्रमा, नत्थी वा रातो फूल लगाउँदा अझ आकर्षक देखिन्छ । साडी धेरै कढाइ वा बुट्टा नभएको र आफूलाई हल्का महसुस हुने खालको हुनुपर्छ । छड्के तिलहरी छैन भने रातो, हरियो वा पहेंलो पोते पनि लगाउन सकिन्छ । यसमा कम हिल भएको रातो चप्पल सुहाउँछ । हिल सानो भए नाचगान तथा हिँडडुल गर्न सहज हुन्छ ।

छालाको प्रकारअनुसार क्लिन्जर प्रयोग गरी अनुहार सफा गर्नुपर्छ । ड्राई कम्बिनेसन स्किन भएकाहरूले मेकअप गर्नुभन्दा केही घन्टा पहिले स्क्रब गर्नु उपयुक्त हुन्छ । यसले अनुहारमा चमक दिने काम गर्छ । चिल्लो अनुहार तथा ओपन पोर्स (छिद्र) भएका व्यक्तिले अनुहार राम्रोसँग सफा गर्नुपर्छ । त्यसपछि नरम गिर्खा भएको स्क्रब प्रयोग गरी टोनर र टाइट प्याक लगाउने । टाइट प्याक मेकअप गर्नुभन्दा केही घन्टाअघि लगाउनुपर्छ । मेकअप प्रोडक्ट प्रयोग गर्नुअघि आँखावरिपरि अथवा अनुहारको ‘टी जोन’ मा मेकअप प्राइमर लगाउने । मेकअप प्राइमरअन्तर्गत आई प्राइमर तथा फेस मेकअप प्राइमर प्रयोग गरिन्छ । 

छालाको रंग तथा छालामा भएका दाग, धब्बाअनुसार कन्सिलर प्रयोग गर्नुपर्छ । यसमा विशेषगरी अन्डर आई डार्क सर्कल तथा पिम्पलको दाग छोप्ने प्रयास गर्नु उपयुक्त हुन्छ । रातिका लागि गर्नुपर्ने मेकअपमा विशेष ध्यान पुर्‍याउनुपर्छ । यसमा छालाको टोनअनुसार थिक फाउन्डेसन प्रयोग गर्नु उपयुक्त हुन्छ । अनुहारको सेप मिलाउन सेडिङ कन्सिलर तथा कन्ट्रोलिङ गर्नुपर्छ । महिलाहरू पहिरनको रंगअनुसार विभिन्न आइस्याडो प्रयोग गर्छन् । यस्तो कम्बिनेसन मिलाउन विभिन्न रंगको ग्लिटर, सिमरी, म्याट तथा आइस्याडो लगाइन्छ भने आइलाइनर तथा आर्टिफिसियल आइल्याफेज पनि प्रयोग गरिन्छ । 

टिनएजर तीज मेकअप

टिनएजर तथा अविवाहित युवतीहरूले तीजको मेकअप गर्दा वाटरप्रुफ वा मिनरल मेकअप गर्नुपर्छ । अनुहारमा दाग छ भने कन्सिलरले छोपेर वाटरप्रुफ फाउन्डेसन प्रयोग गर्नु उपयुक्त हुन्छ । त्यसमाथि लुज पाउडर लगाउने अनि गालामा मल्टिकलर ब्लसर (रोज) दल्ने । आँखाको मेकअप गर्दा पहिरनमा मिल्ने आइस्याडो वा मल्टिकलर आइस्याडो लगाउनुपर्छ ।

त्यसमाथि मोटो कोस तानेर वाटरप्रुफ आइलाइनर लगाउने । यसमा पिंक वा स्किन कलरको लिपग्लस प्रयोग गर्नुपर्छ । त्यसपछि केशलाई जुरो बनाएर वा बाँधेर डिजाइन दिने । यतिबेला गर्मी बढी हुने भएकाले केश खुल्ला छोड्नु हुँदैन । केशलाई रेक्ट्रो लुक्समा डिजाइन गर्न सर्वप्रथम केशको अगाडिको भागमा बफ उठाउने । निधार ठूलो भए कानको अगाडिको भागको केशलाई साइड सिउँदो बनाएर मात्र बफ उठाउनुपर्छ भने कानको पछाडिको भागमा ठूला–ठूला रबरले डिजाइन दिएर बाट्दा मोडर्न लुक्स प्राप्त गर्न सकिन्छ । 

 Image