गर्मीमा फेसन शैली
‘फेसन डिजाइनर’ तेन्जिङ छेतेन भुटियाका अनुसार मौसममा परिवर्तन आएसँगै पहिरन शैलीमा परिवर्तन गर्नैपर्छ । ‘मौसम सुहाउँदो पहिरनले फेसनप्रतिको चासोमात्र देखाउँदैन पहिरन ‘क्यारी’ गर्न पनि सहज हुन्छ,’ उनले भने ।
तीज तथा साउने सोमबारका लागि पोते अनिवार्य एसेसरिज नै भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र उन्ने चलन थियो भने अहिले नौगेडी तथा डिजाइन–डिजाइनका पोतेको माला लगाउने चलन चलेको छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको संयोजन गरेर उनिएको पोतेको माला पनि लगाउँछन् ।
राता, हरिया तथा पहेंला चुरा
साउने सोमबारको व्रत बस्ने महिलाहरू हुन वा व्रत नबस्ने महिलाहरू, उनीहरू हातभरि हरिया चुरा तथा बालामा सजिएका हुन्छन् । साउन आउनु एकसाता अधि नै साउनका लागि हरिया चुराको बिक्री उत्कर्षमा पुग्छ । हरिया चुराका साथमा पहेंलो तथा रातो चुराहरू पनि उतिकै रुचाइन्छ । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसार चुरा लगाउने चलन पनि छ ।