मौसमअनुरूप फेसनशैली अपनाउन जरुरी
क्याजुअल वेयरमा भने सुतीको पहिरन उपयुक्त भए पनि पार्टी वेयरमा ब्लेन्डेड फाइबर नै उपयुक्त हुन्छ । शुद्ध कटनमा धूलो, पानी, फोहोरको दाग चाँडै बस्छ ।

यसै साता राजधानीमा ‘फेसन नाइट २०१९’ नामक फेसन शो सम्पन्न भएको छ । कार्यक्रम सहभागि मोडलहरुले जय प्रकृति सिलाई प्रशिषण हेटौंडाकी डिजाइनर मेनुका श्रेष्ठ, ज्वज्वलपा कलेक्सनका डिजाइनर प्रतिमा महर्जन, डिजाइनर अनिता खाती क्षेत्रीको त्रिएटिभ डिजाइन तथा फेन्सी वर्क्सकी डिजाइनर सरला श्रेष्ठको क्याजुयल वेयर कलेक्सनका पहिरनहरुलाई प्रस्तुत गरेका थिए ।
रस लाइट मिडिया र राष्ट्रिय मोडलिङ संघको संयुक्त आयोजनामा संचालन भएको सो कार्यक्रममा चलचित्र, संगीत, फेसन, समाज सेवा लगायत विभिन्न क्षेक्रका व्यत्तिहरुलाई पनि सम्मानी गरिएको थियो ।
फेसन शोको कोरियोग्राफी रमिता भण्डारीले गरेकी थिइन् ।