Successfully Copied

सम्पदा प्रवर्द्धनमा हेरिटेज अफ फेसन नेपाल

नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणसँगै तिनको प्रवर्द्धन गर्न पोखरामा आगामी अगस्ट २ (साउन १७ गते) मा ‘हेरिटेज अफ फेसन नेपाल’ शीर्षकको फेसन शो हुने भएको छ । एएसएपीले आयोजना गर्न लागेको उक्त शो अस्ट्रेलियामा समेत प्रस्तुत गरिने बताइएको छ ।

नेपालमा रहेका सांस्कृतिक सम्पदाको संरक्षणसँगै तिनको प्रवर्द्धन गर्न पोखरामा आगामी अगस्ट २ (साउन १७ गते) मा ‘हेरिटेज अफ फेसन नेपाल’ शीर्षकको फेसन शो हुने भएको छ । एएसएपीले आयोजना गर्न लागेको उक्त शो अस्ट्रेलियामा समेत प्रस्तुत गरिने बताइएको छ । एएसएपीका सन्तोष अधिकारीले फेसन शोमा उदीयमान मोडलहरूलाई र्‍याम्पमा उतार्ने बताएका छन् ।

‘नेपालको फेसन डिजाइनिङमा उदाइसकेका डिजाइनरहरूले तयार पारेका पहिरनमा नयाँ मोडलहरू प्रस्तुत हुनेछन्’, अधिकारीले भने, ‘हामीले भिजिट नेपाल–२०२० लाई लक्षित गर्दै यो कार्यक्रम गर्न लागेका हौं । शोमा पुर्खाहरूले लगाउने पहिरनदेखि हेरिटेज झल्कने पहिरनसम्म समावेश हुनेछन् ।’

उक्त शोमा सो स्टपरका रूपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार तथा ‘कर्पोरेट क्विन–२०१९’ शीतल थापा प्रस्तुत हुने बताइएको छ । कार्यक्रमलाई सांगीतिक बनाउने जिम्मा गायिका मिलन नेवार तथा प्राप्ति तुलाचनले पाएका छन् भने यो शोको कोरियोग्राफी मुस्कान रानीले गर्नेछिन् । 

 Image