तीजको पहिरनशैली
तीज पर्व ‘स्त्रीत्वको उत्सव’ हो । यो पर्वका अवसरमा जोकोही विशेष र फरक लुकमा देखिन चाहन्छन् । फेसन डिजाइनरहरू भन्छन्, ‘चाडपर्वमा परम्परागत पहिरन शैली नै रुचाइन्छ ।’ हरेक वर्ष नयाँ फेसन चल्ने होइन थोरै मोर्डनाइज गरी लगाउने हो ।
‘नेपाल टुर पुर्वाञ्चल फेसन शो’ को फाईनल शो सम्पन्न भएको छ । इटहरी र इटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शो लाई लिएर अभिभावकमा रहेको खराव दृष्टिकोण हटाउने उद्देश्य सहित ईटहरीमा ऊक्त कार्यत्रमको आयोजना गरिएको हो । शोको लागी गएको १० दिनदेखी ३० जना नयाँ तथा पुराना फेसन मोडलहरुलाई प्रशिक्षण दिइएको थियो । जसले फाईनल शोमा एकसाथ र्याम्प नापेका थिए ।
शोको बुटिक पार्टनर इटहरीको ‘डी डिजाईनर बुटिक’का मनिषा पोख्रेलले डिजाईन गरेको ड्रेस सहित काठमाडौंबाट तयार भएर लगेको ड्रेसहरुमा मोडलले र्याम्प गरेका थिए । साँझ ७ बजेबाट सुरु भएको शो राती ११ बजे सम्पन्न भएको थियो । शोको स्थानिय आयोजक तथा मेकअप पार्टनरको रुपमा मार्टिना मेकअप स्टुडियो रहेको थियो भने सम्पुर्ण मोडलहरुलाई उर्बि श्रेष्ठलगायतका मेकअप आर्टिष्टहरुले मेकअप गरेका थिए ।
विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रियसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो । ईटहरीमा आफुहरुले गरेको यो शो स्थानिय टिमको सक्रियतामा भब्य र सभ्य रुपमा सम्पन्न भएको क्रियसनका म्यानेजिङ डाईरेक्टर रबि लामा तामाङले जानकारी गराए ।