Successfully Copied

पोखरामा भोग फेसन शो

भोग सेक्रेट मोडल नाममा आयोजित फेसन शोको थप आकर्षण नृत्य एवं सांगीतिक प्रस्तुति थियो । पोखरा स्काई स्पोर्ट्स भाटभटेनीमा प्रस्तुत उक्त शोको कोरीयोग्राफी विजय क्षेत्रीले गरेका थिए । त्यही अवसरमा २३ जना फेसन डिजाइनरबीच भएको प्रतिस्पर्धामा सुमी सिंह गिरी विजेता भइन् भने लक्ष्मीकुमारी राइका मगर

पब पेन्टबल ब्याटलफिल्डको प्रस्तुतिमा सम्पन्न फेसन शोमा पोखराका १६ जना मोडल र्‍याम्पमा देखिए, जसमा सेजल गुरुङ, निमृता घिमिरे, दिपु शेर्पा, सावित्रा घले, पूजा थापा मगर, नेली श्रेष्ठ, सुष्मा पुन, अञ्जली गिरी, सानिया साह क्षेत्री, शुभेक्च्छा तामाङ, सगुन गुरुङ, शोइशा गुरुङ, रक्षा क्षेत्री, नविना सुनार, कृतिका भुजेल तथा सुप्रिया गुरुङ थिए । उक्त अवसरमा नाइट गाउन सिक्वेन्स, फ्रिस्टाइल एवं डिजाइनर सिक्वेन्सहरू प्रस्तुत गरिएको थियो ।

भोग सेक्रेट मोडल नाममा आयोजित फेसन शोको थप आकर्षण नृत्य एवं सांगीतिक प्रस्तुति थियो । पोखरा स्काई स्पोर्ट्स भाटभटेनीमा प्रस्तुत उक्त शोको कोरीयोग्राफी विजय क्षेत्रीले गरेका थिए । त्यही अवसरमा २३ जना फेसन डिजाइनरबीच भएको प्रतिस्पर्धामा सुमी सिंह गिरी विजेता भइन् भने लक्ष्मीकुमारी राइका मगर फस्ट रनर्सअप तथा सुप्रिमा कार्की सेकेन्ड रनर्सअप भएका थिए । 

 Image