नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औं ग्रेजुएशन फेशन शो
शोमा नौ वटा प्रमुख संग्रहहरू प्रस्तुत गरिए, जसले प्रत्येक डिजाइनरको व्यक्तिगत दृष्टिकोण, सृजनात्मकता र सांस्कृतिक जडत्वलाई प्रतिनिधित्व गरेको थियो ।

फेसन शो भन्नेबित्तिकै गलत दृष्टिकोणले हेर्ने चलन पूर्णतया मेटिइसकेको छैन । त्यसमाथि तराईमा त यो स्वीकार्य छैन भन्दा पनि फरक पर्दैन । तराईमा फेसन शो गर्नु भनेको चुनैती नै हो ।
पहाडी समुदायले फेसन शोलाई अझै पनि सहज रुपले स्वीकार गरिसकेको छैन भने मधेसी बाहुल्य क्षेत्रमा फेसन गतिविधि लगभग सून्यकै स्थितिमा छ ।
यद्यपि अनेकन चुनौतीका बाबजुद जेठ ३२ गते लाहानमा लाहान फेस्ट–२०१९ ः फेसन शो एन्ड म्युजिकल कन्सर्ट सम्पन भएको छ । उक्त फेसन शोको आयोजना काठमाडौंको एल एन्ड एन मोडल एजेन्सीले गरेको थियो ।