Successfully Copied

फेसनका परी धनगढीमा

धनगढीस्थित साथी होटलको पौडी पोखरीलाई ब्याकड्रपमा राखेर तयार पारिएका र्‍याम्पमा बेलुकी पखको समयमा गएको शनिबार फेसनको विभिन्न स्वरुपहरुमा सजिएका ११ जना युवतीहरुले एन्जल्स अन ड फ्लोर शीर्षक अन्तर्गतको सो फेसन कार्यक्रममा आफ्नो प्रस्तुतिहरु दिएका थिए । 

गर्मी महिनाको उच्चतम तापक्रमका वीच सुदुरपश्चिमको प्रमुख केन्द्र धनगढीमा फेसन शो सम्पन्न भएको छ । धनगढीस्थित साथी होटलको पौडी पोखरीलाई ब्याकड्रपमा राखेर तयार पारिएका र्‍याम्पमा बेलुकी पखको समयमा गएको शनिबार फेसनको विभिन्न स्वरुपहरुमा सजिएका ११ जना युवतीहरुले एन्जल्स अन ड फ्लोर शीर्षक अन्तर्गतको सो फेसन कार्यक्रममा आफ्नो प्रस्तुतिहरु दिएका थिए । 

कार्यक्रमको प्रारम्भमा मोडलहरुको नेपालको विभिन्न क्षेत्रमा बसोबास गर्ने विभिन्न जात जातिका जातिय तथा सांस्कृतिक पहिचान दिने कल्चुरल पहिरनमा प्रस्तुत भएको थिए । त्यसपछिको प्रस्तुतिमा मोडलहरु वचु जिन्सका डिजाइनर सुनिल श्रेष्ठले जिन्स कपडामा तयार पारिएका विभिन्न डिजाइन र स्वरुपका पहिरन लगाएर र्‍याम्पमा ओहोर दोहोर गरेका थिए । 

कार्यक्रमको तेस्रो सिक्वेन्समा मोडलहरुले जुजु वेयरका टिसर्टहरुको प्रस्तुति दिएका थिए भने अन्तिम सिक्वेन्समा द हाइल्याण्ड आर्ट कलेक्सन समेटिएको थियो । कल्पना योङहाङ लिम्बुले तयार पारेको पहिरनहरको यो कलेक्सनमा नेपाली ढाका प्रयोग गरेर तयार पारिएका गाउन, वन् पिस लगायत पहिरनहरु देख्न पाइएको थियो । 

कार्यक्रमको शो स्टपरका रुपमा अभिनेत्री वर्षा शिवाकोटीको उपस्थिति रहेको सो फेसन कार्यक्रमको कोरियोग्राफी र संचालन रोजिन शाक्यले गरेका थिए राजधानीमा विभिन्न फेसन शो र मोडल प्रतियोगिता संचालन गर्दै आएको आर एण्ड आर ग्रुपको आयोजनामा संचालन यो कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य र गायन प्रस्तुति समेटिएको थियो । 

 Image