‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न
फेसनका बहुआयामिक पक्षहरूलाई कल्पना, सिर्जना र अभिव्यक्तिको भव्यतालाई कपडाको क्यानभासमा प्रस्तुत गर्दै ‘ड्रेस टु इम्प्रेस’ को दशौं संस्करण सम्पन्न भएको छ ।
एक्सपोर्ट जाभा क्याफेको आयोजनामा पोखरामा फेसन शो सम्पन्न भएको छ । पोखरा लेकसाइडको भुमेन र्यापसोडी रेस्ट्रो एन्ड बारमा सञ्चालित उक्त फेसन शोमा ७ वटा सिक्वेन्स समावेश थिए ।
साडी, टिसर्ट तथा अफिसियल पहिरनमा केन्द्रित फेसन शोमा दीक्षा शाहीको कोरियोग्राफीमा पोखराका १२ जना मोडल प्रस्तुत भए । कार्यक्रमको थप आर्कषणमा डिजे सेसन तथा सांगीतिक प्रस्तुति रहे ।