चेतना जगाउन ‘नो सेभ नोभेम्बर’
काठमाडौंमा ‘नो सेभ नोभेम्बर’ फेसन रनवे सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी जनचेतना जगाउनु र क्यान्सर पीडितहरूसँग कुराकानी गर्नु थियो ।
गत आइतबार चण्डोलस्थित कुुन्डलिनी क्लब पृथक डिजाइनका राता पहिरनले दुलहीजस्तै सजिएको थियो र अवसर थियो— आइसी ट्रेनिङ इन्स्टिच्युट तथा आइसी आर्ट अफ फेशन कलेजले प्रत्येक वर्ष आयोजना गर्ने रेड फेसन शोको ।
रेड शोमा यो बर्ष पनि विद्यार्थी, मोडल, फेसन डिजाइनरहरूको प्रस्तुुति पृथक रह्यो । फेसन शोमा स्कुल र कलेजका गरी २ सय ८८ जना फेसन डिजाइनर तथा ९३ जना इन्टेरियर डिजाइनरले फरक थिमका राता पहिरनमा प्रस्तुुति दिएका थिए ।

विभिन्न समूहमा दिइएको प्रस्तुुतिको आधारमा उत्कृष्ट चार विधामा विजेताका साथै अपकमिङ डिजाइनर छनौट गरिएको थियो ।

