डिजिटल क्रान्तिमा फेसन उभार
फेसन डिजाइनर, मोडल तथा इन्फ्लुएन्सरमार्फत मोबाइलबाट आफूले लगाएको पोसाक देखाएरै हजारौं, लाखौं दर्शकको ध्यान खिच्न सक्ने वातावरण बनेको छ ।
गत आइतबार चण्डोलस्थित कुुन्डलिनी क्लब पृथक डिजाइनका राता पहिरनले दुलहीजस्तै सजिएको थियो र अवसर थियो— आइसी ट्रेनिङ इन्स्टिच्युट तथा आइसी आर्ट अफ फेशन कलेजले प्रत्येक वर्ष आयोजना गर्ने रेड फेसन शोको ।
रेड शोमा यो बर्ष पनि विद्यार्थी, मोडल, फेसन डिजाइनरहरूको प्रस्तुुति पृथक रह्यो । फेसन शोमा स्कुल र कलेजका गरी २ सय ८८ जना फेसन डिजाइनर तथा ९३ जना इन्टेरियर डिजाइनरले फरक थिमका राता पहिरनमा प्रस्तुुति दिएका थिए ।

विभिन्न समूहमा दिइएको प्रस्तुुतिको आधारमा उत्कृष्ट चार विधामा विजेताका साथै अपकमिङ डिजाइनर छनौट गरिएको थियो ।

