फेसनमा नयाँ एसेसरिज
फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ ।

प्रिमियम हेयर प्रोडक्ट ब्रान्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एन्ड बियोन्ड’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागी हेयर स्टाइलिस्टलाई कटिङ, कलरिङ र स्टाइलिङका बारेमा जानकारी दिइएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरूले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनद्वारा हेयर कटिङ, कलरिङ र स्टाइलिङका बारेमा नवीनतम ट्रेन्ड र प्रविधिसम्बन्धी जानकारी प्राप्त गरेका थिए ।
हेयर शोका सेलिब्रेटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नयाँ कलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरूलाई उत्साहित बनाएका थिए ।
स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ समर कलेक्सनका रूपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाइलिङका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ । गोल्डेन, कपर र ब्लोन्डका सेडहरूमा उपलब्ध यो मेरिगोल्ड कलेक्सनले विवाह र पार्टीका समय व्यक्तित्वमा अझ बढी निखार ल्याउनेछ ।
मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनलले नेपाली बजारमा कपाल स्ट्रेट गर्नुका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ सोलुसन Canvo® Line समेत लन्च गरेको छ । उक्त कार्यक्रममा स्ट्रिक्स प्रोफेसनलका लागि नेपालका सुपर मोडल आस्था पोखरेल र अमित रञ्जनले ¥याम्प वाक गरेका थिए ।