‘ट्रेन्ड’मा ‘ट्रेन्च कोट’
पछिल्लो समय युवापुस्तामाझ ‘ट्रेन्ट कोट’ को फेसन बढ्दो छ । बलिउड, हलिउड सेलिब्रेटीदेखि सर्वसाधारणको पहुँचसम्म पुगेको यो कोट धेरैको खास ‘कलेक्सन’ मा परेको छ । यसलाई सदाबहार फेसनका रूपमा समेत चिनिन थालिएको छ ।
महिलाहरूको सौन्दर्यमा केशको महत्वपूर्ण भूमिका हुन्छ । लामो केश सुन्दरताको प्रतीक भए पनि केशलाई आफ्नो रूप, रंग र पहिरनअनुसार मिलाउन जानिएन भने त्यसले नकारात्मक प्रभाव देखाउन सक्छ । मायाको केश लामो र ड्राई छ ।
केशमा एस ब्लन्ड गरेको र ट्रिटमेन्ट नगरिएकाले मायाको केश सुख्खा देखिएको छ ।
यस्तो केशमा महिनाको दुई पटक ओयल मसाजका साथै स्याम्पुसँगै कन्डिसनर र ट्रिटमेन्ट क्रिम जरुरी हुन्छ । यस्तो सुख्खा र ड्यामेज केशमा कैराटिन ट्रिटमेन्ट अझ लाभदायक हुन्छ ।
लामो केशमा क्याजुअल वेयर लगाउँदा स्ट्रेट वा वेभी गर्दा लुक्स राम्रो देखिन्छ । त्यस्तै पार्टी वेयरमा हल्का ब्याक कोम गरी भोलुम उठाई हल्का कर्ली गरेर एक साइडमा ल्याउँदा आकर्षक देखिन्छ ।


मेकअप तथा हेयर स्टाइल : रिना अवाले, प्योर स्टाइलिस्ट ब्युटी होम, नटोल, पुल्चोक
मोडल : माया श्रेष्ठ
तस्बिर : नवराज वाग्ले