आइइसी डिजाइनर्स रनवे सम्पन्न
‘आइइसी डिजाइनर्स रनवे–१०’ शीर्षकको फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले २१ वटा सिक्वेन्समा विभिन्न आकर्षक डिजाइनका फेसनलाई र्याम्पमा प्रस्तुत गरे ।
पोखरामा गत साता फेसन सो सम्पन्न गरियो । सुस्मिता पुन र सुरज थापा मगरको कोरियोग्राफिमा पोखराका १६ जना मोडलहरु स्टेजमा उत्रिदा माहोल रमणिय देखियो ।
मोडलहरु श्रेया महर्जन, पुजा बराल, सेजल गुरुङ, जस्मीन गुरुङ, रोश्नी ढकाल, सुभेक्क्षा तामाङ, कृतिका भुजेल, श्रृष्टि आचार्य, स्नेहा गुरुङ, आशिका गुरुङ, लक्ष्मी गुरुङ, स्मिता सुनार, रोश्नी नेपाली, दिक्षा शाही, सजनी वानिया, रोजिना अछामीले र्याम्प वाल्क गर्दा दर्शकको ध्यान खिच्यो । उनीहरुले विभिन्न पोज देखाउदै दर्शकलाई आफुतर्फ आर्कषित गर्ने प्रयास गरे ।

उनीहरु स्पोर्टस थिम, इभिनिङ गाउन थिम र क्याजुयल थिमका पहिरनमा सजिएर फेसन सो मा प्रस्तुत भएका थिए । तीन वटै सिक्वेन्स मार्फत उनीहरु स्टेजमा उत्रदा उपस्थित दर्शकको राम्रो सर्पोट पाए । मिस नेपाल इन्टरनेशनल २०१७ निति शाह सो टपरको रुपमा देखिइन् ।

भाटभटेनी सुपरमार्केटको दोस्रो तल्लामा सञ्चालनमा आएको पोखरा स्काइ स्पोर्टसले ओपनिङको अवसरमा फेसन सो को आयोजना गरेको हो । खेल, मनोरञ्जन, खाना र फिटनेस एकै छानामुनी उपलब्ध गराउने उद्धेश्यले पोखरा स्काई स्पोर्टस सञ्चालनमा आएको छ ।