Successfully Copied

पार्टी गाउन

कुनै डिटेलिङ नभएको प्लेन मेटालिक शाइनिङ गाउन स्टाइलिस देखिन्छ भने डिटेलिङका साथमा फ्रन्ट स्लिट वन अफ सोल्डर गाउनले पनि शानदार लुक्स प्रदान गर्छ । सिल्भर कलरमा सिल्भर तथा डल इम्ब्रोइडरीले कुनै पनि लुकलाई आकर्षक बनाउने काम गर्छ । यस प्रकारका गाउनमा बढी एसेसरिज

यसपटक पार्टीमा फरक देखिन मेटेलिक ड्रेस प्रयोग गर्नु उपयुक्त हुन्छ । यो टेक्स्चरमा वन पिस ड्रेस र गाउन यतिबेला निकै लोकप्रिय छ । गोल्ड, सिल्भर, ब्रोन्ज तथा ग्रे आदि रंग पार्टीको भीडमा आफूलाई अलग देखाउन पर्याप्त हुन्छन् । पाइन्टदेखि लिएर स्कर्टसम्ममा यिनै कलर प्रयोग गर्न सकिन्छ । मेटालिक स्टाइल दिउँसो ठीक लाग्दैन भने मेटालिककै डल फिनिसलाई दिउँसो प्रयोग गर्न सकिन्छ । 

एसेसरिज : पहिरनमा मात्र नभएर एसेसरिजमा पनि मेटालिक रंगको प्रयोग बढ्दो छ । आफ्नो सिम्पल पहिरनलाई ग्ल्यामरस टच दिन मेटालिक कलरको बेल्ट, ज्वेलरी, ह्यान्डब्याग तथा फुटवेयर आदि क्यारी गर्न सकिन्छ । यदि ड्रेस मेटालिक कलरकै छ भने त्यसका साथमा न्युट्रल सेड्स जस्तै बेज, ग्रे, ह्वाइट, ब्ल्याक कलरका एसेसरिजका साथमा टिम अप गर्नु उपयुक्त हुन्छ । नाइट आउटका लागि ब्ल्याक, ब्लु वा अरु डार्क सेड्स छनोट गर्न सकिन्छ । बढी शाइनले व्यक्तित्वमा नकारात्मक प्रभाव पार्ने भएकाले सन्तुलित शाइनमा ध्यान पुर्‍याउनुपर्छ । यस प्रकारको पहिरनमा न्यूनतम शृंगार गर्नुपर्छ । 

गाउन : कुनै डिटेलिङ नभएको प्लेन मेटालिक शाइनिङ गाउन स्टाइलिस देखिन्छ भने डिटेलिङका साथमा फ्रन्ट स्लिट वन अफ सोल्डर गाउनले पनि शानदार लुक्स प्रदान गर्छ । सिल्भर कलरमा सिल्भर तथा डल इम्ब्रोइडरीले कुनै पनि लुकलाई आकर्षक बनाउने काम गर्छ । यस प्रकारका गाउनमा बढी एसेसरिज लगाउनु ठीक होइन । 

लाइनिङ वन पिस : यो लुकका साथमा लाइनिङ वन पिस अत्यन्त सुन्दर देखिन्छ । यसमा फुल स्लिब्स समेत प्रयोग गर्न सकिन्छ । सिल्भर तथा गोल्डेन वन पिसका साथमा चेस्ट फिल्ड कोट तथा हन्टर कोटको कम्बिनेसन उपयुक्त हुन्छ । यसका साथमा लाइट वेट ज्वेलरी प्रयोग गर्नुपर्छ । 

टप–बटम : टप र बटममध्ये कुनै एउटामा यस प्रकारको फेब्रिक प्रयोग गर्नु ठीक हुन्छ । टप यदि मेटालिक छ भने ट्राउजर वा स्कर्ट प्लेन हुनुपर्छ । बटम यदि गोल्ड, ब्राउन वा ब्ल्याक कलरमा छ भने प्लेन ह्वाइट सर्टका साथमा राम्रो देखिन्छ । ज्वेलरी सकेसम्म कम प्रयोग गर्नुपर्छ । यसमा ह्यान्डब्याग प्रयोग गर्नु हुँदैन तर लेदरको क्लच बोक्न सकिन्छ ।

 Image