‘इन भोग–९’को विजेता प्रमिस र दिपिका
हाउस अफ फेसन नेपालले आयोजना गरेको ‘इन भोग–९’को विजेटा प्रमिस कोइराला र दिपिका थापा मगर भएका छन् ।
केही समयअघिसम्म स्लिम बडी, अग्लो तथा चिटिक्क परेको अनुहारलाई सुन्दरता मानक मानिन्थ्यो । बाल्यकालमा मोटो भयो भने कस्तो खाइलाग्दो भनिन्छ भने उमेर बढ्दै गएपछि त्यही मोटोपनबाट छुटकारा पाउन विभिन्न विकल्प खोज्न थालिन्छ । मोटोपनलाई सुन्दरताको बाधकका रूपमा लिइन्छ । यद्यपि अहिले केही समययता अन्तर्राष्ट्रिय रूपमै प्लस साइजलाई पनि मोडलका रूपमा लिन थालिनु, उनीहरूको साइजमा ब्रान्डेड सोरुमहरू खोलिनु अनि चब्बी मोडलहरूको प्रतियोगितासमेत हुन थालेपछि क्युट चब्बीहरू आफ्नो फिगरमा गर्व गर्दै आत्मविश्वासका साथ अघि बढ्ने वातावरण तयार भएको छ ।
जिना राजकर्णिकार

विजेता, नेपाल चब्बी मोडल
मोटोपन पहिले आफ्नो कमजोरीजस्तो लाग्थ्यो तर अहिले यही कुरा मेरा लागि रमाइलो पक्ष भएको छ । मोटो हुँदा मानिसहरूले हत्तपत्त जिस्काउने आँट पनि गर्दैनन् ।
सुनिधि कार्की

फस्ट रनर अप
मेरी रोल मोडल नै भारतीय कमेडियन भारती हुन् । धेरैले मलाई उनीसँगै तुलना गर्छन् । मलाई कहिल्यै मोटी भएकाले यो काम गर्न पाइन भन्ने लागेको छैन । मलाई आफ्नो फिगर सारै मनपर्छ ।
सोसल ताम्राकार

सेकेन्ड रनर अप
जति मोटी भए पनि म अरूसरह एक्टिभ छु । मोटी छु भनेर कहिल्यै आत्मग्लानि भएन । नाचगानमा म सधैं अघि नै हुन्थें । पहिले आफ्नो साइजमा पहिरन नपाउँदा भने दु:ख लाग्थ्यो तर अहिले डिजाइनर पहिरन तथा ब्रान्डेड पहिरनहरू उपलब्ध हुन थालेका छन् । म चब्बी हुनुमै गर्व गर्छु ।
सच्चु गुरुङ
मोस्ट पपुलर
चब्बी फिगर नै मेरो आत्मविश्वास हो । मेरो सुन्दरता पनि यसैमा छ ।
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप : पूनम श्रेष्ठ,
पूनम ब्युटी क्लब, सानेपा