Successfully Copied

फेसनमा नयाँ प्रोडक्ट

अहिले म्याट मेकअप चल्तीमा छ । त्यसमा पनि दिउँसो लाइट अर्थात् न्युड मेकअप अनि पार्टी वा रातिका लागि मेकअपमा सिमर आइस्याडो प्रयोग गरी चिकबोनमा हाइलाइटर प्रयोग गर्दै साइन दिन सकिन्छ । आइमेकअपमा स्मोकी आइ नै ट्रेन्डमा छ तर स्मोकीमा पनि अहिले अनेकन शैली

अहिले म्याट मेकअप चल्तीमा छ । त्यसमा पनि दिउँसो लाइट अर्थात् न्युड मेकअप अनि पार्टी वा रातिका लागि मेकअपमा सिमर आइस्याडो प्रयोग गरी चिकबोनमा हाइलाइटर प्रयोग गर्दै साइन दिन सकिन्छ । आइमेकअपमा स्मोकी आइ नै ट्रेन्डमा छ तर स्मोकीमा पनि अहिले अनेकन शैली तथा डिजाइनहरू भित्रिएका छन् । अहिले कट क्रिज विथलङ विंग्स आइमेकअप पनि फेसनमा छ । नर्मली आइमेकअप गर्दा न्युड कलरको एउटै रंगको आइस्याडो लगाउन सकिन्छ ।

लाइट गर्दा आँखालाई आकर्षक गर्ने आइलाइनर, आँखामुनि गाजल तथा परेलामा मस्कारा लगाउन सकिन्छ । पार्टी छ भने फेक आइलाइसेस लगाएर आकर्षक देखिन सकिन्छ । लिपमा म्याट लिपिस्टिक फेसनमा छ ।

दिउँसो लाइट र रातिका लागि रेडलगायत डार्क लिपिस्टिकको ट्रेन्ड छ । अहिले म्यागनेट आइल्यास पनि बजारमा आएको छ भने पिम्पल्स तान्ने मेसिन पनि बजारमा भित्रिएको छ । अहिले जति पनि कस्मेटिक्स वा ब्युटी प्रोडक्ट भित्रिएका छन् तिनलाई समय बचत गर्ने हिसाबले अपग्रेड गरिएको छ ।

मोइस्चराइजर : सेराफिल (डर्माकोलिस्टले रिफर गरिने)

सनस्किन : न्युट्रोजिना

प्राइमर : स्मामबक्स फोटो फिनिस, इएलएफ, ओइली स्किनका लागि एनआइएक्सको साइन किलर (यसले ठूल्ठूला प्वाललाई फिल गरेर स्मुथ गर्छ) ।

फाउन्डेसन : म्याक, क्लिनिक, मेकअप फोरेअभर, ओइली स्किनका लागि : लोरियलको इनफालिबल ।

कन्सिलर : प्रोकन्सिल, मेविलिनाको इनटा एज रिवाइन्ड ।

पाउडर : कम्प्याकमा म्याक, न्युट्रिजिना ।ओइली स्किनमा लुज पाउडर लगाउनुपर्छ । अहिले क्लारोनको लुज पाउडर धेरैले रुचाएका छन् ।

कन्टोर एन्ड हाइलाइटर : एनेस्टेसिया, बेभरी हिल्स, एनआइएक्स ।

आइब्रो जेल : अहिले आइब्रोमा फिल गर्ने पाउडर तथा जेल पनि उपलब्ध छ । त्यसमा एनेस्टिसिया बेभरी हिल्सको डिप ब्रो पोमेड ।

आइस्याडो : मोर्फी, हुडा ब्युटी, अरब्यान्डडिके, एनएसडिसिया, बेभरी हिल्स ।

हाइलाइटर : मिलानी, एनएसडिसिया, बेभरी हिल्स, ग्लो किट्स ।

ब्लसर : स्लिक, इस्टिया लाउडर ।

लिपिस्टिक : म्याटमा मिलानी, हुडा ब्युटी, डायना अफ लन्डन ।

 

मेकअप सेटिङ स्प्रे : म्याक, एनआइएक्स ।

थ्रि अर्थात् तीन, डीको अर्थ डायमेन्सन (आकार) । यस्तो मेकअपमा अगाडिबाट एउटा लुक्स तथा दायाँ र बायाँबाट अर्कै लुक्स देखिन्छ । थ्रिडी मेकअपमा फोटो खिचाउँदा फोटो नै थ्रिडीजस्तै देखिनु यसको मुख्य विशेषता हो । जस्तै आँखा ठूलो वा लामो, नाक सीधा वा पातलो, गाला सुन्दर तथा सेप मिलेको आदि । थ्रिडी मेकअप कन्टोरिङ र हाइलाइटिङको सहायताले गरिन्छ ।

कसरी गर्ने थ्रिडी मेकअप ?

अनुहार क्लिन्जिङ गरेर सफा गर्ने । अनुहारमा मोइस्चराइजर लगाउने । अनुहारमा रहेको दाग–धब्बा वा कालो, पोतो भएको ठाउँमा अरेन्ज कन्सिलरले छोप्ने । यसबाट अनुहार न्युट्रिलिजेक आक्सिडिजेड हुँदैन । कन्टोरिङले अनुहारको कुन भागलाई पातलो देखाउने हो त्यहाँ गाढा रंग लगाउने । अनुहारको रंगभन्दा तीन गुणा हल्का रंग लगाउने । अनुहारको छालाबमोजिम फाउन्डेसन लगाउने ।

कन्टोरिङ गर्ने विधि : नाकको दुवैतर्फ गाढा खैरो रंग लगाउने र सीधा भागमा (नाकको) हाइलाइटर लगाउने । यसले नाक सीधा, पातलो र चिटिक्क देखाउँछ ।

थ्रिडी मेकअपले आँखालाई ठूलो र लामो देखाउँछ । आँखामा गाढा र हल्का रंग प्रयोग गर्नुपर्छ । सबैभन्दा पहिले आइब्रो बोनमा सेतो, गोल्डेन, सिल्भर आदि हल्का रंग लगाउने । यसले आँखाको सुन्दरता बढाउँछ । आँखाको आउटर्स कर्नरमा कालो, खैरो, नीलो, हरियो आदि पहिरनसँग म्याच हुने स्याडो लगाउने । इनर कर्नरमा हल्का रंग लगाइदिने । आँखाको क्रिजमा सधैं गाढा म्याट स्याडो लगाउने ।

दिउँसोको मेकअपमा बिर्सिएर पनि ग्लिटर स्याडो प्रयोग गर्नुहुँदैन । आँखा सानो छ भने गाजल लगाई जेल लाइनर प्रयोग गर्न सकिन्छ । रातिका लागि भने आइबल्समा ग्लिटर लगाउनु उपयुक्त हुन्छ । लामो तथा बाक्लो आइलाइसेस प्रयोग गर्दा आँखा अझ आकर्षक देखिन्छ ।

गालामा कन्टोरिङ गर्ने । यसले गाला पातलो र सही आकारको देखिन्छ । कानको भागबाट नाकको छेउसम्म कन्टोरिङ गर्दै ब्लसेस लगाउने । चिकबोनमा हाइलाइटर साइन लगाउने । जो लाइन कन्टोरिङ गर्दा डबल चिन मज्जाले छोपिन्छ ।

मेकअपको अन्त्यमा पहिरन अनुसार लिपिस्टिक प्रयोग गर्ने । ओठमा थ्रिडीको प्रभाव दिन ओठका कुनाहरूमा गाढा रंगको लिपिस्टिक र बीच भागमा हल्का कलरको लिपिस्टिक लगाउने । थ्रिडी मेकअपको प्रभाव अनुहारको आँखा, नाक, ओठ, गाला, निधार, चिकबोन, आइब्रोज आदि सबैमा देखिन्छ ।

मेटालिक गोल्ड लिप कलर : मेकअपको दुनियाँमा नित्य नयाँ–नयाँ ट्रेन्ड विकसित भैरहेका हुन्छन् । अहिले केही समयदेखि लिप मेकअपमा कपल लिप अर्थात् मेटालिक गोल्ड लिप फेसनमा छ ।

                                                        -  मेकअप आर्टिस्ट

                                                               मेकअप ट्रेन्ड

 Image