मिस कोस्मोको ‘राष्ट्रिय पोशाक’ प्रतिस्पर्धामा नेपाल उत्कृष्ट १५ मा
गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेका हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएका छन् ।
शान्ता न्यौपाने कार्की,
सञ्चालक, स्वीकृति गहना गृह
महिलाहरू तीजमा आफूसँग भएका गरगहनाको सक्दो प्रयोग गर्छन् । दर वा पार्टीमा सहभागी हुँदा होस् वा व्रत बस्दा होस् अथवा नाचगानमा सहभागी हुँदा नै किन नहोस् यो पर्वमा महिलाहरू झपक्क गरगहनामा सजिनु नेपाली संस्कृतिको एउटा पाटो नै भैसकेको छ । पोहोर सालसम्म तीजमा जन्तर खुब चल्यो, नौगेडी भर्खर–भर्खर भित्रिएको थियो ।
अहिले भने मोटो झुप्पा पोतेमा मिडियम तिलहरी खुब चलेको छ भने नौगेडी पनि लोकप्रिय छ । पछिल्लो समयमा आएर सम्भ्रान्तहरू मात्र होइन मध्यम वर्गीय महिलाहरू बरु एउटै लगाउने डायमण्ड नै लगाउने भन्ने मनस्थितिमा भएको बताइन्छ ।
तीजकै अवसरमा भए पनि कतिपय महिला उहिले जस्तो सुनले पहेंलपुर हुने चलन फेरिइसकेको छ बरु सबैजना पहिरन एवं मेकअप र हेयर स्टाइललगायत अन्य कुरामा केन्द्रित हुन थालेको पाइन्छ । यद्यपि ठूलो संख्याका महिलाहरू अझै पनि यो चाडमा सुन नै लगाउनुपर्छ भन्ने मान्यता राख्छन् । संस्कारलाई निरन्तरता दिनै परेको खण्डमा फेसनअनुसारका सुहाउँदा गहना लगाउनु उपयुक्त हुन्छ ।