Successfully Copied

फेस्टिब लुक्ससँगै सजिलो पहिरन

व्रत बस्ने महिलाहरूले व्रतका दिन साडी नै लगाउनु उपयुक्त हुन्छ । ब्राइडल वा पार्टी वेयरजस्तो हेभी तथा धपक्क भएको साडी भने लगाउनु हुँदैन । तीजमा व्रतालु महिलाहरू दुलहीजस्तै सोर्‍ह शृंगार गरी सजिने हुँदा साडीमा हल्का ह्यान्ड वर्क भएका राता साडी नै आकर्षक देखिन्छन्

मञ्जु बञ्जारा, ड्रिम वेयर बुटिक, कुपन्डोल

तीज गर्मी मौसममा पर्ने भएकाले हल्का पहिरन नै रोज्नुपर्छ । पहिले विवाहिता महिलाहरूले तीजका दिन वा दरका कार्यक्रमहरूमा साडी नै लगाउनुपर्छ भन्ने मान्यता थियो तर अहिले साडीका साथमा लङ कुर्ता पनि धेरैको रोजाइमा पर्न थालेको छ । यस्ता लङ कुर्ती लेगिन्स, प्लाजो, चुज पाइन्ट, लेहेंगा स्कर्टदेखि जिन्सहरूमा समेत आकर्षक देखिन्छन् । उमेर तथा इच्छानुसार तीजको मौकामा लङ कुर्ती लगाउन सकिन्छ । लङ कुर्ती टिनएजरदेखि मिडिल एजसम्मका लागि एकदमै राम्रो देखिन्छ । मोटा महिलाहरूलाई स्लिम देखाउन सहयोग गर्ने लङ कुर्ती सजिलो पनि हुन्छ । अनारकल्ली कुर्ता, ब्लाउजजस्तो टाइट फिटिङ नहुने भएकाले गर्मीमा शीतलता महसुस हुन्छ । लङ कुर्ती दरका कार्यक्रमहरूमा जाँदा निकै सहज अनुभव गराउने पहिरन हो । सजिलै नाचगान गर्न सकिने हुँदा यो पहिरन  धेरैको रोजाइमा परेको छ । राता कुर्तीमा ह्यान्ड वर्क गरेर, सेल्फ इम्ब्रोइडरी गरेका नेट, जर्जेटका फेब्रिकहरूमा कुर्तीहरू बनाउन सकिन्छ जसले रिच लुक्स पनि दिन्छ । रातोमा एल्लो, ग्रिन, गोल्डेन, रोयल ब्लु एकदमै सुहाउने रंग हुन् । यी रंगलाई मिक्स गरेर पनि न्यू लुक्सका साथ तीजका पहिरन डिजाइन गर्न सकिन्छ ।

अफिसबाट दर खान जान

अहिले महिनौंअघिदेखि आफन्त वा साथीहरूकहाँ दर कार्यक्रमहरू आयोजित हुने भएकाले कतिपय कामकाजी महिलाहरूले अफिसबाटै दर खान जानुपर्ने हुन्छ । अफिसमा साडी तथा लङ कुर्ती लगाएर जान अप्ठ्यारो हुन्छ । त्यसैले दरका लागि सी कट गरिएका छोटा कुर्ती पाइन्टका साथ लगाएर जान सकिन्छ । अरू रंगका कुर्ती लगाए पनि ब्यागमा रातो सल बोकेर जान सकिन्छ । दर खान जाने बेला रातो सल लगाई आफूमा तीज लुक्स सिर्जना गर्न सकिन्छ ।

व्रत बस्नेलाई साडी नै राम्रो

व्रत बस्ने महिलाहरूले व्रतका दिन साडी नै लगाउनु उपयुक्त हुन्छ । ब्राइडल वा पार्टी वेयरजस्तो हेभी तथा धपक्क भएको साडी भने लगाउनु हुँदैन । तीजमा व्रतालु महिलाहरू दुलहीजस्तै सोर्‍ह शृंगार गरी सजिने हुँदा साडीमा हल्का ह्यान्ड वर्क भएका राता साडी नै आकर्षक देखिन्छन् । रातोमा विभिन्न कलर मिक्स गरी प्याच वर्क वा ह्यान्ड वर्क गरी साडी तयार पार्न सकिन्छ । साडीलाई सितारा, डफकाको काम, बोर्डर वर्क, लेस प्याच गरेर समेत डिजाइन गर्न सकिन्छ । साडी लगाउन वा क्यारी गर्न नसक्नेहरूले मुजा फिक्स भएको साडी लगाउन सक्छन् । आफूसँग भएको फिक्स मुजा साडी झर्ने समस्या हुँदैन । लेहेंगा लगाउने हो भने आफ्नो शरीरको बनावट तथा स्किन कम्प्लेक्सन सुहाउँदो डिजाइन गराएर लगाउँदा अझ आकर्षक देखिन सकिन्छ । अहिले लङ आउटरसँग लेहेंगाको फेसन ट्ेरन्डमा छ ।  व्रतका दिन स्लिभलेस वा हाफ ब्लाउज उपयुक्त हुन्छ । यतिबेला ओपन डिजाइनमा रसिल्क तथा पोलिस्टर नमिसिएको सिल्कको ब्लाउज लगाउनुपर्छ ।

टिनएजका लागि 

तीजमा टिनएजरहरूका लागि आउटर लेहेंगा, लङ कुर्ती तथा वान पिसहरू फेसनमा छन् । लेहेंगामा सफ्ट नेट नै बढी रुचाइएको छ । गोल्डेन आउटरमा चोलीको भित्री फेब्रिक रातो राखी लेहेंगा पनि रातै लगाउँदा आकर्षक देखिन्छ । यो उमेरकाहरूका लागि रातो, हरियोका साथमा पिच, रोयल ब्लु, लाइट अरेन्ज, पर्पल, मजेन्दा, गोल्डेन, सिल्भरमा रेड मिक्स गरेर तयार पारिएका आउटर लेहेंगाहरू पनि आकर्षक देखिन्छन् । टिनएजरहरूले फेब्रिकमा सेल्फ डिजाइन तथा वर्क भएको बढी मन पराउँछन् । टिनएजरहरूलाई लङ वेस्ट कोट स्टाइलको आउटर लेहेंगा पनि आकर्षक देखिन्छ, जसमा सल क्यारी गर्नुपर्ने झन्झट हुँदैन । रातोमा इम्ब्रोइडरी गरेर ग्रिन वा गोल्डेन टच दिइएका वान पिसहरू, वर्क नेटमा स्ट्रेट निलेन्थ वान पिसहरू पनि राम्रा देखिन्छन् । लङ कुर्तीलाई चुज पाइन्ट तथा जिन्समा लगाई तीज फेस्टिब लुक्स प्राप्त गर्न सकिन्छ ।

 Image